जाजरकोटमा २६ वर्षीय वडा सचिवको मृत्यु

Posted on: 16 Sep, 2020

भदौ ३१, जाजरकोट (रासस) : नलगाड नगरपालिका– १० का २६ वर्षीय वडासचिव कविराम रोकाको मृत्यु भएको छ । कार्यक्षेत्रमा काम गरिरहेका समयमा आज बिहान उहाँको मृत्युु भएको हो । 

रुकुम (पश्चिम) मुसीकोट नगरपालिका– १३ छिवाङ घर भएका रोका केही समयदेखि नलगाड–१० मा कार्यरत हुनुहुन्थो । निरन्तर ज्वरो आउने र  श्वास फेर्न समस्या हुने समस्याबाट पीडित भएको एक हप्ताभित्र मृत्यु भएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिनुभयो । मृतक रोकाको स्वाब सङ्कलन गरी चौरजहारीस्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!