ग्लोबल ओरियन्समा छापा, लाखौँको सामान बरामद

Posted on: 26 Jan, 2021

माघ १३, झापा । झापाको दमक–६ मा रहेको ग्लोबल ओरियन्स नेटवर्किङ कम्पनीमा प्रहरीले छापा मारेको छ । सो क्रममा लाखौँ मूल्यका अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ । दमक–६ स्थित पदम गुरुङको घरमा भण्डारण गरी नेटवर्किङ रुपमा कारोवार गर्दै आएका जीतेन्द्र साहसहित ती सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो । आज इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

उहाँका अनुसार बरामद गरिएको खाद्य वस्तुको मूल्य रु तीन करोड रहेको अनुमान छ । बरामद गरिएको सामानको मूल्यको बिल भने रु ८७ लाख २६ हजार ५२० रहेको पाइएको छ । काठमाडौँको बालाजुमा दर्ता रहेको ग्लोबल ओरियन्स प्रालिबाट केही परिमाणका खाद्यवस्तु खरिद गरेको र अन्य वस्तु भन्सार तथा राजस्व छली गरी ल्याइएको आशङ्कामा प्रहरीले ती सामान बरामद गरेको उहाँले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!