झापाबाट नेकपा केन्द्रीय सदस्यमा को को परे ? (नामावलीसहित)

Posted on: 24 May, 2018

जेठ १०, झापा | हालै दुई कम्युनिष्ट पार्टी एकीकृत भएपछिको नेपाल कम्युनिष्ट पार्टीमा झापाका १२ जना केन्द्रीय सदस्यमा पर्नुभएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीसहित तत्कालीन नेकपा (एमाले)का १० जना र तत्कालीन नेकपा (माओवादी केन्द्र)का दुईजना पर्नुभएको हो । तत्कालीन एमालेबाट नेकपाको केन्द्रीय सदस्यमा हिक्मत कार्की, रवीन कोइराला, भास्कर काफ्ले, हरि राजवंशी, नरेश खरेल, युवराज कार्की, देवेन्द्र दाहाल, डा युवराज खतिवडा र देवराज घिमिरे रहनुभएको छ । 

त्यसैगरी, तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट सुरेन्द्र कार्की .(पार्थ) र धर्मशीला चापागाई पर्नुभएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!