टिपरको ठक्करबाट दुई जनाको मृत्यु

Posted on: 02 Jul, 2018

असार १८, सुरुङ्गा, झापा | गौरीगञ्ज पाडाजुँगी सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा मेचीनगर– ८ बाहुनडाँगीका २२ वर्षीय नेलसन भण्डारी र गौरादह– १ का १८ वर्षीय विवेक बराल रहेका छन् । 

गौरादह–१ नीलगिरि प्लटिङ नजिकै मे ४ प १४४७ नं को मोटरसाइकललाई ना ३ ख ८४७४ नं को टिपरले ठक्कर दिँदा दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनामा मोटरसाइकल चालक मेनपा –८ का २० वर्षीय प्रवेश भण्डारी गम्भीर घाइते भएका छन् । भण्डारीको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

मोटरसाइकललाई ठक्कर दिएलगत्तै ब्रेक लगाउँदा चिप्लिएर टिपर पल्टिएको र सोही टिपरले किचेर मोटरसाइकल पछाडि बस्ने भण्डारी र बरालको घटनास्थालमै मृत्यु भएको बताइएको छ । 

टिपर चालक उर्लाबारी–१ मोरङका ४९ वर्षीय चन्द्रबहादुर लिम्बूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!