झापामा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

Posted on: 19 Jul, 2018

साउन ३, दमक | एम्बुलेन्सको ठक्करबाट झापा, कमल गाउँपालिका–५ का ६५ वर्षीय देउमान राईको मृत्यु भएको छ । 

पूर्व–पश्चिम राजमार्गको चुलाचुलीमोडस्थित सडकखण्डमा आज बिहान एम्बुलेन्सले ठक्कर दिँदा स्थानीय पैदलयात्री राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

पाँचथरबाट आउँदै गरेको मे१च ९९२ नंको एम्बुलेन्सले ठक्कर दिँदा एम्बुलेन्स सडकदेखि उत्तरतर्फ पल्टिएको थियो । तर एम्बुलेन्स चालक सन्तोष पराजुलीले भने चरनमा रहेको गाईलाई ठक्कर दिँदा दुर्घटना भएको बताउँदै ढाकछोप गरेका थिए । तर प्रहरीले दुर्घटनाका बारेमा थप अनुसन्धान जारी राखेपछि घटना भएको करीब १२ घण्टापछि दिउँसो ती पैदलयात्रीको मृत्यु भएको चालकले स्वीकार गरेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । 

घटनापछि शव सडक नजिकको झाडीबाट निकालेर परीक्षण गरिएको प्रनाउ गिरीले बताउनुभयो । प्रहरीले दुर्घटनामा संलग्न एम्बुलेन्स र चालक पराजुलीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!