कृषि गतिबिधी | झापा - JP


झापाका गौतम गाईपालनबाटै मासिक लाख भन्दा बढी कमाउछन

Posted on March 22, 2018 | views : 131 | झापा - JP

चैत ८, झापा | स्वदेशमा रोजगारको अवसर नभएपछि खाडी मुलुकमा गएर पसिना बगाउने युवाको संख्या धैरै छ । दिनहुँ सयौँ युवा रोजगारीका लागि विदेशिने गरेका छन् । विदेशिएका युवा स्वदेश फर्किएर आत्मनिर्भर बन्ने क्रम पनि बढ्दै गएको छ ।  कनकाई नगरपालिका सुरुंगाका ४२ वर्षीय डण्डीपाणि गौतम स्वदेश फर्किएपछि पशुपा

Read More

स्वदेशमै लगानी गरेर रोजगारीको अवसर सिर्जना गर्दै झापाका युवा

Posted on February 25, 2018 | views : 109 | झापा - JP

सुरेन्द्र भण्डारी / फागुन १३ ,झापा | बढ्दो वैदेशिक रोजगारीको मोहका कारण विदेशिने युवाका सामु सुरुङ्गाका युवा नमुना बनेका छन् ।  नेपालमा भनेजस्तो काम नपाइने र कमाइ गर्न पनि नसकिने भन्दै शैक्षिक प्रमाणपत्र काखी च्यापेर मेनपावर धाउनेको जमात पनि उत्तिकै छ । सुन्दर भविष्यको कल्पना गर्दै लाखौँ रुपैया

Read More

बाली र पशुधन सुरक्षणबारे किसान अनभिज्ञ

Posted on February 12, 2018 | views : 167 | झापा - JP

सुरेन्द्र भण्डारी / माघ २९, झापा | पछिल्लो समय व्यावसायिक तरकारी तथा पशुपालनतर्फ किसानको आकर्षण बढ्दो छ ।  परम्परागत कृषि प्रणालीमा कृषकले सोचेजस्तो आम्दानी लिन नसकेपछि जिल्लाका धेरै कृषक अहिले व्यावसायिक तरकारी तथा पशुपालनतर्फ आर्कषित हुन थालेका हुन् ।  व्यावसायिक कृषि प्रणाली अपनाए पनि स

Read More

अनुदान पाए सँगै व्यावसायिक कृषितर्फ आर्कषित बन्दै किसान

Posted on January 24, 2018 | views : 187 | झापा - JP

माघ १०, झापा | सरकारले युवा तथा साना व्यवसायीलाई अनुदानमा कृषि कर्जा प्रदान गर्न थालेसँगै जिल्लाका किसान व्यावसायिक कृषिकर्मतर्फ आर्कषित भएका छन् ।  कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय बिर्तामोडले युवा तथा साना व्यवसायीलाई अनुदानमा रु तीन करोड ८० लाख प्रदान गरेसँगै अर्जुनधारा, बिर्तामोड नगरपा

Read More

पूर्वार्ध डेरी उद्योगको कृषि राज्यमन्त्री प्रसाईंद्वारा उद्घाटन

Posted on January 18, 2018 | views : 194 | झापा - JP

माघ ४, झापा | झापाको अर्जुनधारा नगरपालिका–८ स्थित पूर्वार्ध डेरी उद्योगको बिहीबार कृषि राज्यमन्त्री सरिता प्रसाईंले उद्घाटन गर्नुभएको छ ।  व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)को पूरक अनुदान रु ९९ लाख ८८ हजार र स्थानीय पूर्वार्ध कृषि सहकारी संस्था लिको रु एक करोड ५५ हजार ५६७ संयुक्

Read More

दुई रुपैयाँ नपाउने विमलाको मासिक कमाइ पचास हजार

Posted on November 13, 2017 | views : 1133 | झापा - JP

कात्तिक २७, झापा । “घर छेउको पसलेले जतिबेला मलाई दुई रुपैयाँका लागि पनि पत्याउँदैनथे, आयस्रोत नभएका कारण तिर्न सक्दिन भनेर पसलेले मलाई ऋण दिनै मान्दैनथे”, विगत सम्झँदै मोरङको पथरी शनिश्चरे नगरपालिका-८ की ४३ वर्षीया विमला भण्डारीले भन्नुभयो, “कामले काम सिकाउँदोरहेछ, अहिले म मासिक ५० हजार कमाउन सक्ने

Read More

अलैँचीको मूल्यमा गिरावट, किसानहरु चिन्तित

Posted on September 25, 2017 | views : 238 | झापा - JP

असोज ९, झापा। कालो सुन भनेर चिनिने अलैँचीको मूल्य निरन्तर घट्दै गएपछि कृषक र व्यवसायी चिन्तित बन्न थालेका छन् ।  कुनै समयमा ४० केजीको रु एक लाख २५ हजारसम्म पुगेको अलैँचीको मूल्य घटेर अहिले प्रतिमन रु ३० हजार पुगेकाले कृषक र व्यवसायी चिन्तित बनेका हुन् ।  पहिला नौ जिल्लामा अलैँची खेती हुन्थ

Read More

कागती बेचेर पाँच बर्षमै करोडपति

Posted on September 04, 2017 | views : 1140 | झापा - JP

(सुरेन्द्र भण्डारी) | भदौ १९, सुरुङ्गा (झापा) | झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बन्नुभएको छ ।  नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्कनुभएका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति बन्नुभएको हो । उहाँले अह

Read More

जसले नौ वर्ष विदेशमा कमाएर स्वदेशमा यसरि जमाए

Posted on May 01, 2017 | views : 13016 | झापा - JP

बैशाख १८, झापा । झापा मेचीनगर नगरपालिका–९ का युवा डिल्लीराम उप्रेती स्वदेशमा रोजगारको कुनै विकल्प नभएपछि कतार जानुभयो । नौ वर्षको लामो कतार बसाइँबाट उहाँले राम्रै कमाउनुभयो । तर, विदेशमा मात्रै बसेर हुँदैन, स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच आयो र स्वदेश फर्किनुभयो ।  “लामो समय विदेश बसेँ, राम्र

Read More

कारितास नेपालद्वारा किसानलाई हाते ट्याक्टर

Posted on April 28, 2017 | views : 1793 | झापा - JP

बैशाख १५,  झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाअन्तर्गत कारितास नेपालले साना किसानलाई एक थान हाते ट्याक्टर उपलब्ध गराएको छ ।  साना किसानका लागि एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिम) कृषक पाठशालाका किसानलाई कारितास नेपालले हाते ट्याक्टर उपलब्ध गराएको हो । झापाको बुद्ध–शान्ति गाउँपालिका

Read More

प्रगतिपथले थाल्यो कागती खेती

Posted on January 28, 2017 | views : 480 | झापा - JP

माघ १५, सुरुङ्गा । झापाको कनकाई नगरपालिका–५, चप्रामारीस्थित प्रगतिपथ कृषि सहकारी संस्था लि.ले कागती खेती सुरु गरेको छ ।  शुक्रबार आयोजित एक कार्यक्रमका बीच शरणामती–६ स्थित संस्थाको खाली जग्गामा ४ सय ५० कागतीका विरुवा रोपिएको छ । १२ कठ्ठा क्षेत्रफलमा कागती खेती सुरु गरिएको हो भने निकट भविष्यमा

Read More

झापामा धान उत्पादनमा वृद्धि

Posted on November 23, 2016 | views : 749 | झापा - JP

मङ्सिर ८, भद्रपुर । झापामा यस वर्ष धानको उत्पादन करिब १५ प्रतिशतले वृद्धि भएको छ ।  जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक शालिकराम भट्टराईका अनुसार रोग कीराको प्रकोपको कमी तथा उन्नत बीउको प्रयोगका कारण उत्पादन बढेको हो । गत वर्ष उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव ३१ मेट्रिक टन रहेकामा यस वर्ष

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 16867 | झापा - JP

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने

Posted on July 01, 2016 | views : 14368 | झापा - JP

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने काठमाडौँ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताएका छन् । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले किसानलाई निवृत्तिभरण दिने व्यवस्था यसै वर्षको चैतदेखि थालनी गरिने बताए । उनल

Read More

भूकम्पका कारण उत्पादन घट्यो

Posted on July 01, 2016 | views : 13133 | झापा - JP

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।  क्रसरका कारण नदी गहिरो हुँदै गएकाले नहरमा पानी नचढ्ने र भुइँचालोले गर्दा कृषकले बीउ समयमा नै राख्न नसकेकाले उत्पादनमा कमी आएको कृषकले बताएका छन्।&nb

Read More

जुम्लामा ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू

Posted on July 01, 2016 | views : 9926 | झापा - JP

जुम्ला  । जिल्ला पशुसेवा कार्यालय जुम्लाले ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो ।  बार्हजना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण गरिएको पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्

Read More

नेपालमा अण्डा र मासुमा आत्मनिर्भरताको नजिक

Posted on July 01, 2016 | views : 6662 | झापा - JP

काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने

Read More

कुची छाडेर कुटो तर्फ

Posted on July 01, 2016 | views : 3600 | झापा - JP

बुटवल,  बैशाख । भनिन्छ कृषि कर्म गर्नको लागि नत उमेरले नै छेक्छ नत कुनै पद,पेशा र मर्यादाले । भित्रैबाट ईच्छा शक्ति हुने हो भने कृषि कर्म गर्नको लागि कुनै दायरा नै चाहिदैन । जसको उदाहरण बनेका छन् साविक रुपन्देहीको टिकुलीगढ गाविस–३ देवीनगरका किसान जीवनप्रकाश उपाध्याय । २४ बर्ष सम्म शिक्षण पेशाम

Read More

दशबर्ष विदेश भोगेपछि स्वदेशमा कृषि कर्म

Posted on July 01, 2016 | views : 1225 | झापा - JP

बुटवल । भनिन्छ–‘मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि सुन फलाउन सकिन्छ ।’ यो यहि भनाईलाई चरितार्थ गर्दै रोल्पा जिल्लाको लिवाङ्ग–१ घर भई हाल रुपन्देहीको देवदह नगरपालिका –९ मा किसान थम बहादुर वलीले १ विघा जग्गा भाडामा लिएर व्यवसायी तरकारी खेती सुरु गरेका छन् । १

Read More

जुनारमा किराको प्रकोप

Posted on July 01, 2016 | views : 802 | झापा - JP

सिन्धुली, असार । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुली जिल्लाका किसानहरुले व्यवसायिक रुपमा लगाएको जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसान चिन्तामा परेका छन् । जुनारमा रोगकिराको संक्रमण देखिएपछि जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग्रह गरेको छ । वितग दुई वर्षदेखि जुनारम

Read More

नवलपरासीको चिनी उद्योगमा तालावन्दी, दुई करोड रुपैयाँ भुक्तानी नदिएको किसानको आरोप

Posted on July 01, 2016 | views : 568 | झापा - JP

नवलपरासी । जिल्लाको गङ्गापुरस्थित इन्दिरा एग्रो एन्ड सुगर्स मिलमा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन्।   समयमै मिलले  उखुको भुक्तानी  नदिएको भन्दै किसानले सो उद्योगमा  बिहीबारदेखि तालावन्दी गरेका हुन्। उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार दुई करोड बढी रकम चिनी

Read More

शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै

Posted on July 01, 2016 | views : 562 | झापा - JP

तश्विरमा: शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै | तश्विर: krishionline

Read More