प्रगतिपथले थाल्यो कागती खेती

Posted on: 28 Jan, 2017


माघ १५, सुरुङ्गा । झापाको कनकाई नगरपालिका–५, चप्रामारीस्थित प्रगतिपथ कृषि सहकारी संस्था लि.ले कागती खेती सुरु गरेको छ । 

शुक्रबार आयोजित एक कार्यक्रमका बीच शरणामती–६ स्थित संस्थाको खाली जग्गामा ४ सय ५० कागतीका विरुवा रोपिएको छ ।

१२ कठ्ठा क्षेत्रफलमा कागती खेती सुरु गरिएको हो भने निकट भविष्यमा गाईपालन र प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्य रहेको अध्यक्ष नेत्रप्रसाद चिमरियाले बताए । रसायनिक मलको प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्यले प्राङ्गारिक मलको उत्पादन गर्ने योजना बनाइएको व्यवस्थापक मुक्तिप्रसाद पोखरेलको भनाइ छ । 

चप्रामारीमा रहेको यो संस्थामा अहिले कनकाई नगरपालिकासहित शरणामती, डाँगीबारी र शिवगञ्जका कृषक आबद्ध छन् । हाल यो सहकारीमा २ सय १२ जना शेयर सदस्य छन् । 

सञ्चालक समिति सदस्य मिना सेढाईंले वृक्षरोपण गरेर शुभराम्भ गरेको कार्यक्रममा खेम मिश्र, टङ्क पराजुली, चन्द्र पाठक, कष्णबहादुर राई, निर्मला सेलवाल लगायतको उपस्थिति रहेको थियो ।

क्याप्सनः शरणामती–६ स्थित संस्थाको खाली जग्गामा कागतीको विरुवा रोपिँदै ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!