अन्तर्राष्ट्रियकरण बिर्तामोड महोत्सव शुरु

Posted on: 27 Jan, 2019

माघ १३, सुरुङ्गा, झापा (रासस) | झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । 

उद्योग व्यवसायसँगै समग्र झापाको विकासमा टेवा पु¥याउने उद्देश्यसहित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव–२०७५’ नाम दिएर शुक्रबारदेखि महोत्सव शुरु भएको हो । माघ २३ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन प्रदेश १का मख्यमन्त्री शेरधन राईले गर्नुभएको थियो । 

बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले झापाको व्यावसायिक, धार्मिक, पर्यटकीयलगायत समग्र क्षेत्रको विकासमा महोत्सवले टेवा पुग्ने बताउनुभयो । 

महोत्सव आयोजक समितिका संयोजक प्रकाश शिवाकोटीका अनुसार महोत्सवमा बङ्गलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको पनि सहभागिता छ । ७५ वटा अन्तर्राष्ट्रियसहित २१० कक्ष महोत्सवमा राखिएको बताइएको छ । 

यहाँको व्यापारलाई अन्तर्राष्ट्रियकरण गर्न महोत्सव कोशेढुङ्गा सावित हुने महोत्सव आयोजक समितिका ंसंयोजक शिवाकोटीको दावी छ । 

महोत्सवको आकर्षणका रुपमा माउन्टेन एयरको हेलिकप्टर ल्याइएको छ । तीनवटा प्याकेजका रुपमा महोत्सव अवधिभर हेलिकप्टर सञ्चालन गरिँदै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!