झोलुङे पुल शिलान्यास

Posted on: 27 Jan, 2019

माघ १३, भद्रपुर (रासस) | अर्जुनधारा नगरपालिका ५ र ७ देखि मदनपुर जाने विरिङ खोलामा रु एक करोड १० लाखको लागतमा निर्माण हुन लागेको झोलुङे पुलको शनिबार शिलान्यास भएको छ । 

संघीय मन्त्रालयको बजेटअन्तर्गत निर्माण हुन लागेको सो पुलको सङ्घीय सांसद पवित्रा निरौला (खरेल)ले एक कार्यक्रमबीच शिलान्यास गर्नुभएको हो । 

एक सय ६० मिटर लम्बाइ र चार फिट चौडाइको सो पुल आगामी असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी युवराज डाँगीलाई ठेक्का लगाइएको छ । 

खुदुनाबारी, मदनपुर र अर्जुनधारावासीलाई वर्षात्को समयमा विरिङ खोलामा आउने बाढीका कारण आवतजावत गर्न समस्या भइरहेको हुँदा झुलुङे पुल निर्माण गर्न लागिएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!