झापामा आठ थान हतियार बुझाइयो

Posted on: 03 May, 2017

बैशाख २०, झापा । जिल्लामा एक हजार एक सय ६ वटा इजाजत प्राप्त हतियार भए पनि हालसम्म आठजनाले मात्र जिल्ला प्रशासनलाई हतियार बुझाएका छन् । 

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको थियो । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न बन्दुक, पेस्तोललगायत हतियार तथा त्यसमा प्रयोग हुने गोली गठ्ठा निर्वाचन अवधिभरका लागि प्रशासनलाई बुझाउन आग्रह गरेको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार इलाका प्रहरी कार्यालय अनारमनी र दमकमा तीन/तीन थान हतियार तथा काँकरभिट्टामा दुई थान हतियार बुझाइएको छ । प्रहरीलाई बुझाइएका हतियारमा थान २२ म्याग्नम दुरबिनसहितको एक थान, म्याग्नम सटगन एक थान र १२ बोरे एक नाले ६ थान रहेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!