नेपाली काँग्रेसका महिला नेत्री बुढाथोकीको निधन

Posted on: 10 Jan, 2018

 पुस २६,  झापा (रासस)  झापाको महिला जागरण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला नेत्री कुन्तीदेवी बुढाथोकीको आज निधन भएको छ । 

आज बिहान निजी निवास भद्रपुर–८ मा ८८ वर्षको उमेरमा उहाँको निधन भएको हो । स्व बुढाथोकीले बहुदल आएपछि झापामा महिला जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्थानीय पत्रकार गोपाल गिरीले जानकारी दिनुभयो । 

“झापाली महिलामा जागरण ल्याउन उहाँको महत्वपूर्ण भूमिका रहेको छ”, गिरीले भन्नुभयो, “उहाँ कुनै पनि पार्टीमा आबद्ध हुनुहुन्न थियो ।” 

कुन्तीदेवीका पिता रणकेशर बुडाथोकी प्रजातान्त्रिक आन्दोलनका सेनानी हुनुहुन्थ्यो । रणकेशर नेपाली काँग्रेसमा आबद्ध हुनुहुन्थ्यो । कुन्तीदेवीका तीन छोरी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!