नेत्रविक्रम चन्द (विप्लव) समूहका १७ जना कार्यकर्ता पक्राउ

Posted on: 12 Aug, 2019

साउन २७, सुरुङ्गा | झापामा प्रहरीले नेत्रविक्रम चन्द समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

सो समूहले भद्रपुर, बिर्तामोड, अर्जुनधारा, दमकलगायत विभिन्न स्थानमा एनसेलका टावरमा आगजनी तथा विष्फोट गराएको भन्दै तिनका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो । आज बिहान बिर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालय (७, ८ र ९)मा समेत बम विष्फोट भएको छ ।

 विष्फोटको जिम्मा कसैले नलिए पनि चन्द समूहले नै विष्फोट  गराएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले बताउनुभयो ।  मैनालीका अनुसार वडा कार्यालयमा बम  विष्फोट गराउने समूहको खोजी भइरहेको छ ।  प्रेसर कुकर बम विष्फोटका कारण वडाको सम्पूर्ण काम पूर्णरूपमा प्रभावित भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!