उद्योग बाणिज्य संघको निर्वाचनमा प्रधानमन्त्रीको गृहनगरमा प्रगतिशीलको हार

Posted on: 08 Sep, 2019

भदौ २२, झापा | प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा भएको उद्योग बाणिज्य संघको निर्वाचनमा संयुक्त लोकतान्त्रिक व्यवसायी समूहले जितेको छ | अध्यक्षमा प्रगतिशिल समूहका बिमल खतिवडालाई पराजित गर्दै लोकतान्त्रिकका उम्मेदवार गोकुल श्रेष्ठ बिजयी भएका हुन् |

अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षबाहेक सबै पदमा लोकतान्त्रिक व्यवसायी समूहका व्यवसायी निर्वाचित भए । बरिष्ठ उपाध्यक्षमा १२७६ मत ल्याएर प्रगतिशिलका गोपाल गुरागाईं बिजयी भए । उनका प्रतिद्वन्दी लोकतान्त्रिकका सुरज आचार्यले १०२१ मत प्राप्त गरे ।

प्रथम उपाध्यक्षमा लोकतान्त्रिककै राजु खड्काले १२०९ मत प्राप्त गर्दै बिजयी बने भने उनका प्रतिद्वन्दी प्रगतिशिलका युवराज घिमिरेले १०७३ मत प्राप्त गरे । द्वितिय उपाध्यक्षमा लोकतान्त्रिककै राजकुमार योङयाले १०१२ मत ल्याई विजयी बने भने उनका प्रतिद्वन्दी प्रगतिशिलका घनश्याम खनालले ९०६ र स्वतन्त्र उम्मेदवार टिकाराम प्रसाईले ३५५ मत प्राप्त गरे । तृतीय उपाध्यक्षमा लोकतान्त्रिककै रमा लिम्बु (१२०२) बिजयी बनिन् । उनले प्रगतिशिलका ज्ञाननाथ पौडेललाई पराजित गरेका थिइन् । पौडेलले १०६१ मत प्राप्त गरे ।

खुल्ला दुई महिला सदस्यमा लोकतान्त्रिककी सुस्मा निरौला (११३६) र प्रगतिशिलकी लक्की सिटौला (९७९) बिजयी बनिन् । महिला सदस्यतर्फ नै स्वतन्त्र उम्मेदवार कबिता अधिकारी ५५०, प्रगतिशिलकी चन्द्रमाया निरौला (जमुना) ९०४ र लाकतान्त्रिककी दिलकुमारी सुब्बाले ९२३ मत प्राप्त गरेकी थिइन् । अध्यक्ष,लेखा संयोजकसहित विभिन्न २१ पदमा दुई स्वतन्त्र गरी ४४ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!