झापा बारमा सुरज खत्री

Posted on: 10 Feb, 2017

माघ २८, भद्रपुर । नेपाल बार एसोसियसन झापा शाखाको अधिवेशनले सुरज खत्रीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । 

कानुन व्यवसायीका छाता सङ्गठनको रुपमा रहेको सो एसोसियसनमा प्रजातान्त्रिक कानुन व्यवसायी र प्रगतिशील कानुन व्यवसायीबीच आलोपालो कार्यसमिति चयन गर्ने परम्परा अनुसार यसपटक प्रजातान्त्रिक कानुन व्यवसायीका तर्फबाट खत्री निर्विरोध निर्वाचित हुनुभएको हो । 

नेपाल डेमोक्र्याटिक्स लयर्स एसोसियसनको पूर्व जिल्ला अध्यक्षसमेत रहनुभएका खत्री यसअघि झापा बारको सल्लाहकार समेत हुनुहुन्थ्यो । 

आगामी तीन वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा पदम डाँगी, सचिवमा चित्रबहादुर मगर, सह–सचिवमा चन्द्रमाया श्रेष्ठ र कोषाध्यक्षमा लक्ष्मीप्रसाद सिवाकोटीलाई सर्वसम्मत चयन गरिएको छ । 

त्यसैगरी, सदस्यहरुमा रामबहादुर थापा, प्रेमप्रसाद विमली, राजेन्द्र खनाल, देवेन्द्र भण्डारी, पिताम्बर गौतम, कोपिला खड्का बस्नेत, बेनुप्रसाद सिटौला, सेमन्त मिश्रलाई सर्वसम्मत चयन गरिएको छ भने केन्द्रीय पार्षदमा नारायण श्रेष्ठ, नारायणकुमार कटुवाल, असारु राजवंशी, यज्ञलक्ष्मी चौलागाई, डिकबहादुर बुढाथोकी, भिमप्रसाद बराल र तिलक सिंह पाण्डेलाई चयन गरिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!