प्रजातन्त्र दिवसमा झापामा सरसफाई गरियो

Posted on: 18 Feb, 2017

फागुन ७, झापा । ६९ औं प्रजातन्त्र दिवसको अवसर पारेर झापाका विभिन्न ठाउँमा सरसफाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सरसफाइलाई महत्व दिएपछि जिल्लाका विभिन्न ठाउँ विभिन्न संघ–संस्थाले सामुहिक रुपमा वृहत्त सरसफाई गरेर प्रजातन्त्र दिवस मनाएका हुन् ।

झापाको चारआलीस्थित नेपाली सेनाले चारआली चोक आसपासका क्षेत्रमा सरसफाई गरेको छ । त्यसैगरी नव सृजनशील युवा समाजले चारआली र धाइजन चोकमा सरसफाई गरेको छ । बातावरण सम्बन्धि विभिन्न नारा तथा व्यानरसहित निस्किएको युवा समाजका पदाधिकारीलाई दुहागढी गाविसले कुँचो, डोको र मार्स उपलब्ध गराएको थियो । 

त्यस्तै निलकण्ठ भजन मण्डली दुहागढी, श्रेय सृजना महिला बचत, चारआली जेसीस, महिला सञ्जाल दुहागढी, तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था चारआली, बिहानी बचत तथा ऋण सहकारी संस्था दुहागढी, साना शहरी तथा खानेपानी संस्था धाइजन—दुहागढी, उद्योग वाणिज्य संघ शाखा चारआली लगायतले चोक तथा वरपरका झारपात र जम्मा भएको फोहोर संकलन गरी नष्ट गरेका थिए । धाइजन र दुहागढी गाविसको आयोजना रहेको धाइजन गाविसका सचिव सुदर्शन बरालले जानकारी दिए ।

यसैबीच प्रजातन्त्र दिवसको अवसरमा गौरिशंकर टोल सुधार समिति बिर्तामोडले सरसफाई अभियान सम्पन्न गरेको छ ।  यातायात व्यवस्था कार्यालय वरपरको फोहोरमैलालाई व्यवस्थापन गरिएको थियो । यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख जर्नादन भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्ष मदन खड्का रहेका थिए । कार्यक्रममा लेखापढी संघ, नयाँ शक्ति नेपाललगायतका संघ–संगठनका पदाधिकारीहरुको सहभागिता रहेको जगनाथ भट्टराईले जानकारी दिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!