मिर्गौला पिडित श्याम बचाउन परिवारको अपिल

Posted on: 16 Mar, 2017


चैत ३, काठमाडौं । झापा जिल्ला तोपगाछी वर्डा नं. २ बाँसबारीका २६ वर्षिय श्याम मगरको दुवै मृगौलाले काम गर्न छाडेपछि मृगौलाको प्रत्यरोपणका लागि आर्थिक अभावका कारण परिवार छड्पडिरहेका छन् । 

बुवा सूर्यवहादुर मगर र आमा पवित्र मगरले घरको आर्थिक अवस्था नाजुक रहेकाले छोराको उपचार गरेर ज्यान बचाउन सबैलाई सहयोग मागेका छन् । विगत १ वर्ष अघि कुवेतमा बैदेशिक रोजगारका शिलशिलामा गएका श्याम मगर दुवै मृगौलामा समस्य देखिएपछि नेपाल फर्किएको उनका श्रीमती सम्झाना थापा मगरले बताईन् । 

हाल नेपाल मेडिकल कलेज आत्तरखेल जोरपाटी काठमाडौंमा मिर्गौला रोग विभागका प्रमुख प्राध्यापक डाक्टर प्रमोद कुमार क्षेत्रीको नेतृत्वमा डायलिसिस् गरिरहेको मगरको बैशाख दोस्रो हाप्ताभित्र प्रत्यरोपण गर्ने उनका बुबा सूर्यबहादुर मगरले बताए । 

दुबै मिर्गौला प्रत्यरोपणका लागि लाखौ खर्च लाग्ने भएको र उपचार गरि नीजलाई बचाउनका लागि देश विदेशमा रहेका नेपालीहरुलाई सक्दो सहयोग गर्न परिवारले अनुरोध गरेका छन् । 

पिडित मगरलाई सहयोग गर्न इच्छुक महानुभावलाई काठमाडौं चुच्चेपाटी शाखा रहेको हिमालय बैंकमा रहेको खाता नं. ०२३०४२१७४१००१७ र सम्पर्क नं. ९८१०१३२८२१ मा सम्पर्क गरि सहयोग गर्न पनि पिडितका श्रीमती सम्झाना थापा मगरले अनुरोध गरेकी छिन् । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!