बसमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

Posted on: 05 May, 2017

बैशाख २२, झापा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवसतासी नगरपालिका – ११ स्थित दूधे चोकमा आज गुडिरहेको बसमा मोटसराइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी २४ वर्षीय लक्ष्मण दाहाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २९ प ३५९ नम्वरको मोटरसाइकल विपरीत दीशाबाट आउँदै गरेको को १ ख ४८४२ नम्वरको बससंग ठोक्किएको थियो । 

सो घटनामा गम्भीर घाइते भएका दाहालको उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!