होटलबाट आपत्तिजनक अवस्थामा १२ जना युवायुवती रंगेहात प्रहरी फन्दामा

Posted on: 09 May, 2017

बैशाख २६, झापा । पाँच भारतीय नागरिकसहित १२ जनालाई सोमबार प्रहरीले झापाका विभिन्न होटलबाट अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरीको टोलीले उनीहरुलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो । पक्राउ पर्नेमध्ये एकजना होटल सञ्चालक समेत रहेका छन् । 

प्रहरीका अनुसार बिर्तामोडको भद्रपुर रोडमा रहेको ३६५ क्याफेबाट क्याफे सञ्चालक सुवाससहित पाँच भारतीय नागरिक र दुई युवतीलाई पक्राउ गरिएको हो । 

त्यस्तै, बिर्तामोडस्थित नयाँ बसपार्कमा सञ्चालित निशा होटलबाट एक जोडी र मेची कोसी टपबाट दुई जोडीलाई आपत्तिजनक अवस्थामा नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थेवेले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!