लागु औषध ब्राउन सुगर सहित ३ पक्राउ

Posted on: 21 May, 2017

जेठ ७, झापा | झापामा लागु औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार झापाबाट इलामका ३६ बर्षीय रंजित प्रधान, झापाका २३ बर्षीय राजेश अधिकारी र  २८ बर्षीय सन्दिप राईलाई पक्राउ गरिएको हो । लागु औषध सेवन बिक्री बितरण गर्ने गरेको भन्ने सचुनाको आधारमा उनीहरुको कोठामा गई चेकजाँच गर्दा ३००० मिलिग्राम लागु औषध ब्राउन सुगर र लागु औषध प्रयोग सेवन गर्न प्रयोग गरिने समान समेत बरामद गरेको छ । 

पक्राउ परेकाहरुलाई झापा जिल्ला अदालत भद्रपुर झापाबाट लागु औषध मुद्दामा म्याद थप गराई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!