खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

Posted on: 18 Aug, 2017

भदौ २, झापा । झापाको कचनकवल गाउँपालिका–१ घेरावारीस्थित भेलामुनी निवासी अम्मर श्रेष्ठको ११ वर्षीय छोरा सुलभको आज खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । 

बिहान घरनजिकै खेल्दै गरेका उनी अचानक बेपत्ता भएका थिए । बिहान ६ बजेबाट बेपत्ता भएका बालकको खोजी गर्ने क्रममा उनलाई आफन्तले घर नजिकै रहेको खाल्डोमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बालकको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा शवपरीक्षण गरिएको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!