झापामा ३६ हजार शौचालयविहीन

Posted on: 24 Sep, 2017

असोज ८, झापा।  झापा जिल्लामा ३६ हजार घरधुरी शौचालयविहीन छन् । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार एक लाख ८१ हजार ७९७ घरधुरी रहेको जिल्लामा एक लाख ४५ हजार ८०० घरधुरीमा मात्र शौचालय निर्माण भएको छ । झापालाई सन् २०१७ भित्र खुला दिसामुक्त बनाउने सरकारको लक्ष्य भए पनि यसले मूर्तरुप लिने अवस्था देखिएको छैन । समयावधि चार महिना मात्र बाँकी छँदा सो लक्ष्य हासिल गर्न ठूलो चुनौती थपिएको छ । 

खुला दिसामुक्त अभियानमा सहयोग गर्ने संस्थाको अभावमा अपेक्षाकृत काम हुन नसकेको डिभिजन कार्यालयका सहजकर्ता रुद्र न्यौपानेले बताउनुभयो । हालसम्म बुद्धशान्ति गाउँपालिका मात्र खुला दिसामुक्त भएको छ । खुला दिसामुक्त हुन नसके सरसफाइको अभियान पनि ओझेलमापर्ने अवस्था सिर्जना भएको छ । स्थानीय विकास अधिकारी खेमराज ओझाले एक्लो प्रयासमा झापालाई खुला दिसामुक्त बनाउन नसकिने बताउँदै यसमा साझा प्रयास र प्रयत्नको खाँचो औँल्याउनुभयो ।   रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!