साइत हेराएर कमल थापाले दिए उम्मेदवारी, झापा ३ मा भने कांग्रेससँग भिड्ने

Posted on: 02 Nov, 2017

कात्तिक १६, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले शुभ साइतमा उम्मेदवारी दर्ता गरेका छन् ।

उम्मेदवारी दर्ता गर्न गृह जिल्ला पुगेका थापाले बिहीबार १२ः४० बजेको साइतमा मगवानपुर-१ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

कांग्रेससँग गठबन्ध गरिएपनि आफ्नो साइत १२ः४० मा परेकोले आफूले पहिले नै उम्मेदवारी दर्ता गर्नु परेको अध्यक्ष थापाले बताए ।

उम्मेदवारी दर्तापछि बोल्दै थापाले झापा-३ बाहेक देशका अन्य सबै ठाउँमा नेपाली कांग्रेससँगको गठबन्धन कायम रहेको प्रस्ष्ट पारेका छन् ।

सबै स्थानमा नेपाली कांग्रेससँगको गठबन्धन गरेको कमल थापाको राप्रपाले झापा-३ मा भने कांग्रेसँगनै प्रतिस्पर्धा गर्ने भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!