पत्रकारिता पुरस्कार ढकाललाई

Posted on: 12 Aug, 2018

साउन २७, भद्रपुर | यस वर्षको श्यामकृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार झापाका पत्रकार लक्ष्मण ढकाललाई प्रदान गरिने भएको छ । श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार गुठीले प्रदान गर्ने रु १५ हजार ५५० राशीको सो पुरस्कार आउँदो भदौ १६ गते वितरण गरिने छ । 

विसं २०३४ देखि पत्रकारिता गर्दै आएका ढकालले विश्वदीप साहित्यिक मासिकबाट पत्रकारिता शुरु गर्नुभएको हो । गुठीले प्रदेश नं मा १ मा रहेर पत्रकारिता गरेका १२ भन्दा बढीलाई पुरस्कृत गरिसकेको गुटीका अध्यक्ष तोयनाथ भट्टराईले बताउनुभयो । पत्रकार उपाध्यायको निधनपछि छोरी आभाकुमारी उपाध्यायले पुरस्कार गुठीको स्थापना गर्नुभएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!