झापा कारागारबाट एक कैदी फरार

Posted on: 13 Aug, 2018

साउन २८, भद्रपुर | जिल्ला कारागार झापाबाट गौरादह नगरपालिका–८ जुरोपानीका २४ वर्षीय उमेश माझी फरार भएका छन् । गत २०७१ साल असार ७ गतेदेखि जबर्जस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका माझी आइतबार अपराह्न फरार भएको कारागार प्रमुख यज्ञराज निरौलाले बताउनुभयो । 

उहाँका अनुसार अपराह्न ३ बजेसम्म माझी कारागारमै रहेको सिसी क्यामेराले देखाएको थियो । आइतबार साँझदेखि फरार माझीको खोजीमा प्रहरी परिचालन गरिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!