झापामा करेन्ट लागेर एकको मृत्यु

Posted on: 22 Oct, 2018

कात्तिक ५, दमक | झापामा करेन्ट लागेर एकको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका-१० स्थित अदुवा खोलामा आइतबार करेन्ट लागेर सोही ठाउँका ४५ वर्षीय खड्गबीर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

दिउँसो १२ बजे घरबाट निस्केका राईलाई साँझसम्म पनि घर फर्केर नआएपश्चात खोजी गर्ने क्रममा अदुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको अवस्थामा फेला पारिएको थियो।

अनारमनीबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि बिर्तामोड पठाएको जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!