झापामा चट्याङले लागेर एकको मृत्यु, २ जना घाइते

Posted on: 06 Apr, 2019

चैत २३, झापा | आज बिहान पानीसँगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका ४० वर्षीय प्रकाश राउत रहेको छ । मृतक राउतकी श्रीमती ३५ वर्षीया सुनिता राउत र उनकी भाउजु ३६ वर्षीया मञ्जु राउत चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । 

घाइते दुबै जनाको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ । बिहान ८ बजे खेतमा काम गरिरहेका राउत परिवारलाई चट्याङ लाग्दा तीनै जना गम्भीर घाइते भएका थिए । घाइते तीनै जनालाई उपचारका लागि ओमसाई अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा प्रकाशको मृत्यु भएको प्रवक्ता श्रेष्ठले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!