झापामा दुई भिन्न घटनामा दुई जनाको मृत्यु

Posted on: 26 Apr, 2019

वैशाख १३, बनियानी  | दुई भिन्न घटनामा झापाको कनकाई र भद्रपुरमा दुई जनाको मृत्यु भएको छ । बिहीबार राति कनकाईमा दुर्घटनामा परी एक र भद्रपुरमा चट्याङ लागेर एक गरी दुई जनाको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई–१ दुर्गापुरमा पूर्वतर्फ आउँदै गरेको जिल्ला प्रशासन कार्यालय झापाको ६६–१–०४१४ नं को गाडीले विपरीत दिशातर्फ जाँदै गरेको साइकल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनाबाट पाँचथर नागी–६ घर भई हाल कनकाई नगरपालिका–१ कालीमोडामा डेरा गरी बस्दै आएका ४० वर्षीय उमेश हिङमाङ गम्भीर घाइते भएका थिए । हिङ्माङको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको हो । शव सोही अस्पतालमा राखिएको छ भने पिकअप र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको जिप्रका झापाले जनाएको छ ।

यसैबीच, झापाको भद्रपुर नगरपालिका–६ मा बिहीबार राति चट्याङ लागेर सोही स्थानका ३२ वर्षीय भीम राजवंशीको मृत्यु भएको छ । राति  २.३० बजे चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल ल्याउने क्रममा बाटोमा नै मत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

 मृतकको शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको कार्यालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!