पसलमा आगलागी हुँदा पाँच करोडको क्षति

Posted on: 21 Jun, 2019

असार ६, दमक | एउटा  थोक कपडा पसलमा गए राति आगलागी हुदा करीब  पाँच करोड मूल्य बराबरको क्षति भएको छ ।

दमक वडा नं ७ पशुहाटमा व्यवसायी कृष्ण ओली र विष्णु श्रेष्ठले सञ्चालन गर्दै आउनुभएको बिएण्डबी सप्लायर्स होलसेल पसलमा गए राति १२ बजेतिर अचानक आगलागी हुँदा रु पाँच करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताउनुभयो ।

  विद्युत् चुहिएर पसलमा आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीको भनाइ छ ।  आगलागीका कारण उक्त पसलमा रहेका कपडा, एसीसहित इलेक्ट्रोनिक्सका सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागी करीब एक घण्टापछि दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!