चार्जमा राखिएको मोबाइल छुँदा करेन्ट लागेर बालकको मृत्यु

Posted on: 11 Jul, 2019

असार २६, झापा | झापाको गौरदाहमा चार्जमा राखिएको मोबाइल छुँदा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ | मृत्यु हुनेमा मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरा दह नगरपालिका ८ स्थित जुरो पानी दामाबारी मामाघर बस्दै आएका ६ वर्षीय रोशन महतो रहेको प्रहरीले जनाएको छ | 

प्रहरीका अनुसार कोठाभित्र भिजेको हातले चार्ज गर्न राखिएको मोबाइल फोन छुँदा उनलाई करेन्ट लागेको हो।

उनी  ज्ञानोदय माविमा कक्षा एलकेजीमा अध्ययनरत थिए। यता इलाका प्रहरी कार्यालय गौरीगञ्जले कानुनी प्रक्रिया पूरा गरी बालकको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!