खोलाले बगाएर बालकको मृत्यु

Posted on: 15 Jul, 2019

असार ३०, झापा |  झापाको मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा खोलाले बगाउँदा आज एक बालकको मृत्यु भएको छ ।

मेचीनगर–१३ का गङ्गाराम प्रसाईंको अढाई वर्षीय छोरा अजित प्रसाईंको खोलाले बगाएर मृत्यु भएको हो । आज बिहान ७ बजे बाबु खेतमा गएको र छोराले बाबुलाई पछ्याउँदै जाने क्रममा फुलवासा खोलाले बालकलाई बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बालकलाई बगाउँदै गरेको उनका बाबुले नै देखेपछि स्थानीयवासीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । योसँगै झापामा बाढीले बगाएर मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!