मादक पदार्थ सेवन गरी आफ्नै बुबाले गरे ७ वर्षीया छोरी बलात्कार

Posted on: 29 Jan, 2020

माघ १५, झापा | आफ्नै बुबाबाट ७ वर्षीया बालिका बलात्कृत भएकी छिन् | कानकाई नगरपालिका–१ मा छोरीलाई करणी गरेको आरोपमा बुबालाई प्रहरीले पक्राउ गरेको हो |  उनीविरुद्ध मंगलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ |

मादक पदार्थ सेवन गरी  छोरीलाई करणी गर्ने ३० वर्षीय बुबालाई पक्राउ गरिएको हो | बालिकाकी आमा केही वर्षअघि अर्कैसँग गएपछि बालिका हजुरबुबा र हजुरआमा संग बस्दै आएकी थिइन् | हजुरआमासँग सुतिरहेकी छोरीलाई आफूसँग सुत्न बोलाएर करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ |

प्रहरीका अनुसार पक्राउ परेका उनी माथि थप अनुसन्धान भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!