प्रदेश नं १ मा थप ४५२ जनामा कोरोना सङ्क्रमण पुष्टि

Posted on: 12 Oct, 2020

असोज २६, मोरङ (रासस) । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा थप ४५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा आज गरिएको एक हजार १७६ जनाको पीसीआर परीक्षणमा १८८ महिला र २६४ पुरुषको एक हजार १७६ जनाको पिसीआर परीक्षण गर्दा १८८ महिला र २६४ पुरुष गरी कूल ४५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन् ।

यसरी कोरोना सङ्क्रमण पुष्टि हुनेमा मोरङको विराटनगरका १९० सहित २४२, सुनसरीका १८४, झापाका आठ, इलामका दुई, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरका एक/एक जना तथा प्रदेश बाहिरका १२ जना रहेको मन्त्रालयले जनाएको छ । 

यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार ७५१ पुगेको छ । प्रदेशमा आज ४४ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या चार हजार ८५५ पुगेको छ । अहिलेसम्म एक लाख ३८ हजार ६९२ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!