अर्थ/विकास | जुम्ला - JML


जुम्लाबाट जोडियो डोल्पा

Posted on October 12, 2020 | views : 196 | जुम्ला - JML

असोज २६, खलङ्गा । जुम्ला सदरमुकाम खलङ्गाबाट डोल्पा जोड्न दानसाँघुमा पक्की पुल निर्माण भएपछि औपचारिक रुपमा जुम्लासँग डोल्पा जोडिएको छ । पुल नहुँदा सवारीसाधन बर्खायाममा चल्न सक्दैनथे । हिउँदमा हिउँ र बरफ जम्ने भएकाले यातायातका साधन सञ्चालनमा कठिनाइ थियो ।  दानसाँघुमा पक्की पुल निर्माण भएपछि अहिले

Read More

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानलाई एम्बुलेन्स

Posted on October 04, 2020 | views : 150 | जुम्ला - JML

असोज १८, सिंजा | भारतीय राजदूतावासले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई एम्बुलेन्स उपलब्ध गराएको छ । १५१औँ गान्धी जयन्तीका अवसरमा राजदूतावासले करिब रु ६८ लाख २४ हजार मूल्य बराबरको आधुनिक प्रविधियुक्त एम्बुलेन्स शिक्षण अस्पताललाई उपहार दिएको हो । राजदूतावासले नेपाल सरकारलाई

Read More

बगैँचामै पुगेर जुम्ली स्याउ खरिद गर्न आएनन् व्यापारी

Posted on August 28, 2020 | views : 472 | जुम्ला - JML

विजय रावत । भदौ १२, खलङ्गा । कोरोना भाइरस रोकथामका लागि जुम्लालगायत देशका अधिकांश स्थानीय प्रशासनले निषेधाज्ञा जारी राखेपछि यसको मारमा जुम्लाका स्याउ व्यापारी पनि परेका छन् । यो जुम्ली स्याउ किसानले आफ्ना उत्पादन बेच्ने याम हो । पहिलेका वर्षमा त किसानले उत्पादन गरेका जुम्लाको मीठो स्याउ खरिद गर्न यत

Read More

जुम्लाको काँचो स्याउ बजारमा

Posted on August 20, 2020 | views : 679 | जुम्ला - JML

भदौ ४, खलङ्गा । जुम्ली काँचो स्याउ यहाँको बजारमा देखिन थालेको छ । जुम्ली स्याउ पूर्ण रुपमा पाक्न १२ प्रतिशत गुलियोपना र ७० प्रतिशत रङ चढिसकेको हुनुपर्छ । जुम्ला जिल्लाका तातोपानी र तिला गाउँपालिकामा उत्पादित स्याउ नपाक्दै बजारसम्म पुगिसकेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाका अ

Read More

जनता आवास कार्यक्रम : जुम्लामा २५० घर निर्माण

Posted on August 06, 2020 | views : 631 | जुम्ला - JML

साउन २२, खलङ्गा । जनता आवास कार्यक्रमअन्तर्गत जुम्लाका आठवटै स्थानीय तहमा दतिल बस्तीका २५० घरपरिवारले नयाँ घर पाएका छन् । कर्णाली प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत अति गरिब र पिछडिएका वर्ग तथा दलित समुदायका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरिदिएको हो । पूर्वधार विकास कार्यालयमार्फत आर

Read More

अवरुद्ध कर्णाली राजमार्ग खुला

Posted on August 05, 2020 | views : 599 | जुम्ला - JML

साउन २१, जुम्ला । अविरल वर्षाका कारण एक सातादेखिको अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ ।सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार  साउन १३ गते  खसेको पहिरो पन्छाइएपछि राजमार्ग खुलेको हो । उहाँले भन्नुभयो, “पानी परेका अवस्थामा अझै पनि कालीकोट सडकखण्डको टाकुल्ला खोला

Read More

शुरु भो जुम्लामा चिस्यान घर निर्माण

Posted on August 02, 2020 | views : 701 | जुम्ला - JML

साउन १८, जुम्ला। जुम्लाको तिला गाउँपालिका–६, ७, ८, ९ नं वडा हालसम्म सडक सञ्जालमा जोडिएका छैनन् । स्थानीय तहले ती ठाउँमा ग्रामीण सडक निर्माण गरे पनि तिलानदीमा पक्की पुल निर्माण नहुँदा सडक सञ्जालमा नजोडिएको हो ।  वडाध्यक्ष सन्तवीर रावतले भन्नुभयो, “अहिले पनि यहाँका नागरिक पिठ्युमै बोकेर दैनिक उपभ

Read More

एक सातादेखि कर्णाली राजमार्ग अवरुद्ध

Posted on August 02, 2020 | views : 2218 | जुम्ला - JML

साउन १८, कर्णाली | अविरल वर्षाका कारण एक सातादेखिको कर्णाली राजमार्ग अवरुद्ध रहेको छ ।  राजमार्गको कालीकोट सडकखण्डको दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालीगाड, भैँसीगौडा, टिमुरेभीड, खल्लागाड, धनडा, राँचुली भिग्मलगायतका दर्जनौँ स्थानमा पहिरो खसेपछि राजम

Read More

असारमा मार्सी धान गोडमेलको चटारो

Posted on July 13, 2020 | views : 516 | जुम्ला - JML

असार २९, जुम्ला । रोपाइँ गरेको महिना दिनपछि जुम्लामा अहिले मार्सी धान गोडमेलको चटारो चलेको छ । यहाँको सिञ्जा, पानसय भेग, बजार र गुठीचौरमा अहिले मार्सी धान गोड्न कृषकलाई भ्याइनभ्याइ छ । धान खेतीको मौसमअनुसार असारमा गोड्न शुरु गरिने यहाँको धान अहिले गोडिएको हो । कोरोनाका कारण उत्साह नभए पनि बन्दाबन्दी

Read More

नाग्म–गमगढी सडक हिलाम्मे : वर्षौँसम्म बनेन पुल, यात्रुलाई सकस

Posted on July 07, 2020 | views : 692 | जुम्ला - JML

मानदत्त रावल । असार २३, जुम्ला । कर्णाली राजमार्गको नाग्म–गमगढी सडक वर्षाका कारण हिलाम्मे भएको छ । सडकमा यातायातका साधनमात्रै होइन पैदलयात्रुले समेत सकस खेप्दै आएका छन् । जनताको सास्तीमा सरकार भने मूकदर्शक भएको छ ।  सडक स्तरोन्नतिका लागि हरेक वर्ष करोडौँ बजेट विनियोजन हुने तर कामै नभएर फ्रिज हु

Read More

खस शब्दकोश लेखनलाई बजेट

Posted on July 03, 2020 | views : 491 | जुम्ला - JML

असार १९, खलङ्गा। जुम्ला चन्दननाथ नगरपालिका, आचार्यबाडाका भाषाविद् रमानन्द आचार्यले एक दशकअघि शुरु गरेको ‘बृहत् नेपाली खस शब्दकोश’को कामले पूर्णता पाउने भएको छ । प्रदेश सरकारले खस शब्दकोश लेखनका लागि बजेट विनियोजन गरेपछि एक दशकदेखि लेखिँदै आएको ‘खसिया आखर’ (खस शब्दभण्डार)को काममा आशा पलाएको हो । 

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 17999 | जुम्ला - JML

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

जिल्लामा कोरोना संवेदनशीलता नअपनाउने व्यापारीलाई कारवाहीको चेतवानी

Posted on June 23, 2020 | views : 659 | जुम्ला - JML

असार ९, जुम्ला। जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संवेदनशीलता नअपनाई व्यापार व्यवसाय गर्ने जोकोहीलाई कारवाही गर्ने चेतवानी दिएको छ । कार्यालयले सोमबार बजार क्षेत्रमा माइकिङ गर्दै यस्तो चेतवानी दिएको हो ।  लकडाउन खुकुलो भएसँगै जथाभावी व्यापार व्यवसाय खुलेर भीडभाड बढी हुन थालेपछि प्रशासनसहि

Read More

जुम्लामा ९० प्रतिशत रोपाइँ सम्पन्न

Posted on June 20, 2020 | views : 628 | जुम्ला - JML

असार ६, खलङ्गा । जुम्लामा करीब ९० प्रतिशत धान रोपाइँ सकिएको छ ।  सिंजा, पाँच सय, दानुअ, चौधबीस र असी दराखोलाका रोपाइँ हुने क्षेत्रमा कालीमार्सी, लेकाली एक र तीन तथा चन्दननाथ एक र तीन जातको धान रोपाइँ भएको छ  । मार्सी यहाँको रैथाने धान हो भने अरु सबै कृषि अनुसन्धान केन्द्रले विकास गरेका नया

Read More

कोरोना जाँचको दोस्रो स्थानमा जुम्ला, पहिलो स्थानमा काठमाडौँ

Posted on May 24, 2020 | views : 1109 | जुम्ला - JML

जेठ ११, काठमाडौँ | कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए/नभएको पत्ता लगाउन पिसीआर परीक्षणको दायरा बढाउँदै गएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौँपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको छ । कर्णाली स्वास्थ्य व

Read More

जुम्लामा टेलिफोनबाटै विशेषज्ञ सेवा

Posted on May 22, 2020 | views : 650 | जुम्ला - JML

जेठ ९, जुम्ला | कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा हुने भीडभाड कम गर्न टेलिफोनबाटै बहिरङ्ग  विशेषज्ञ सेवा शुरु गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले उपचार सहज बनाउन टेलिफोन विशेषज्ञ सेवा शुरु गरिएको हो । अस्पतालमा आउनु नपर्ने र नसक्ने बिरामीका लागि सो सेवाको शुरुआत गरिएको

Read More

हिमा गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन

Posted on April 21, 2020 | views : 880 | जुम्ला - JML

वैशाख ९, जुम्ला | जुम्लाको सिञ्जा भेगमा पर्ने हिमा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । गाउँपालिकाले यहाँका स्थानीयवासी बिरामी हुँदा स्वास्थ्य संस्थामा उपचार गर्न लैजानका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । आकस्मिक सेवा प्रवाहका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको ग

Read More

पाँच हजारको स्वास्थ्य परीक्षण, घरघरमा जनप्रतिनिधि

Posted on April 20, 2020 | views : 897 | जुम्ला - JML

वैशाख ८, खलङ्गा (रासस)  | जुम्लाका आठ स्थानमा राखिएका स्वास्थ्य सहायता कक्षामा आइतबारम्म पाँच हजार एक सय ३९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । कोभिड –१९ को संक्रमण ध्यानमा राखी यहाँका तिला, हिमा, सिंजा, कनकासुन्दरी, तातोपानी, गुठिचौर, पातारासी र चन्दननाथमा   स्थापित  कक्षमा 

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 18866 | जुम्ला - JML

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

कर्णाली प्रदेश सरकारको ‘छोरी बैंक बचत’ खाता शुभारम्भ हुँदै, के छ सुविधा ?

Posted on December 17, 2019 | views : 3875 | जुम्ला - JML

पुष १, सुर्खेत | कर्णाली प्रदेश सरकारले प्रदेशभित्र जन्मिएका छोरीको बचतसहितको बैंक खाता खोल्ने लोकप्रिय कार्यक्रमको शुरुआत गरेको छ । चालू आर्थिक वर्ष २०७६/७७ को बजेटमा प्रदेश सरकारले घोषणा गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम प्रदेश सरकारले आज कालीकोट जिल्लाबाट शुभारम्भ गर्दैछ ।&nb

Read More

नेपाल-चीन दुवै देशको प्राथमिकतामा कर्णाली आर्थिक करिडोर

Posted on October 14, 2019 | views : 3528 | जुम्ला - JML

प्रकाश अधिकारी | असोज २७, सुर्खेत | उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार सम्पन्न प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा यसपटक पनि समेटियो–कर्णाली करिडोर । सन् २०१८ जुनमा प्रधानमन्त्री ओलीको बेइजिङ भ्रमणका क्रममा दुवै मुलुक कर्णाल

Read More

एक मेगावाट विद्युत् आयोजना शिलान्यास

Posted on June 28, 2019 | views : 2344 | जुम्ला - JML

असार १३, जुम्ला | पातारासी गाउँपालिकाको चुकेनी खोलाबाट उत्पादन गरिने ९९८ किलोवाट विद्युत् उत्पादनका लागि  शिलान्यास गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाउँपालिका र स्थानीयवासीको सेयर लगानीमा शुरु भएको उक्त आयोजनाको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले शिलान्य

Read More

कर्णाली सरकारले ल्यायो चालुको भन्दा ६ अर्ब बढी बजेट

Posted on June 16, 2019 | views : 4358 | जुम्ला - JML

दलसिंह गिरी | असार १, सुर्खेत | कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७६/०७७ को लागी चालु आर्थिक बर्षको बजेट भन्दा झण्डै ६ अर्ब बढीको बजेट ल्याएको छ । चालु आर्थिक बर्षमा करिव २८ अर्ब बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि करिव साढे ३४ अर्बको बजेट ल्याएर हो । कर्णाली सरकारका आर्थिक

Read More

१३ लाखभन्दा बढी राजश्व सङ्कलन

Posted on May 05, 2019 | views : 1294 | जुम्ला - JML

वैशाख २२, जुम्ला | जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०७४/७५ को भन्दा चालू आवमा राजश्व सङ्कलन बढी गरेको छ । २०७४÷७५ मा राजश्व सङ्कलन रु १२ लाख ५९ हजार ५०० भएकामा चालू आवको चैतसम्म रु १३ लाख ४० हजार ५०० राजश्व सङ्कलन गरेको हो । सवारीसाधान कारवाहीबाट प्रहरीले उक्त राजश्व सङ्कलन गर

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 30691 | जुम्ला - JML

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

कर्णालीमा ३० अर्बको बजेट ल्याइने

Posted on April 25, 2019 | views : 3776 | जुम्ला - JML

वैशाख १२, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले आव २०७६/७७ का लागि रु ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा कानून मन्त्रालयले चालू आवमा खर्च हुन नसकेको बजेटसमेत जोडेर आगामी वर्षका लागि उक्त आकारको बजेट ल्याउने तयारी गरेको हो ।  बजेट तयारीका लागि मन्त्रालयले जिल्लास्तरमा छलफ

Read More

कर्मचारी अभावले भौतिक पूर्वाधार विकास कार्यालयको बजेट खर्च हुन सकेन्

Posted on April 23, 2019 | views : 1633 | जुम्ला - JML

वैशाख १०, सुर्खेत । कर्णाली सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कर्मचारी अभावकै कारण बजेट खर्च हुन सकेको छैन । सबैभन्दा कम बजेट खर्च गरेर आलोचना खेपिरहेको मन्त्रालयले बजेट खर्च नहुनुमा प्राविधिकस्तरका कर्मचारीको अभावलाई मुख्य कारण देखाएको हो । चालू आवको ९ महिनाको अवधिमा यस मन्त्रालयले ५.३५ प्र

Read More

स्वरोजगारका लागि निव्र्याजी ऋण

Posted on April 17, 2019 | views : 1041 | जुम्ला - JML

वैशाख ४, खलङ्गा (रासस) | जुम्लाको तातोपानी गाउँपालिकाले लक्षित वर्ग र गरीबी न्यूनीकरणका लागि निव्र्याजी ऋण उपलब्ध गराउने भएको छ ।  गाउँपालिकाको हिउँदे गाउँसभाबाट निव्र्याजी ऋणसम्बन्धी कार्यविधि २०७५ जारी गरेको छ । विदेश पलायन हुने युवालाई लक्षित गरेर निव्र्याजी ऋण उपलब्ध गराउने व्यवस्था गाउँपाल

Read More