प्रदेश नं ६ का मुख्य मन्त्रीका दाबेदार माओबादी उम्मेदवार भण्डारी भारी मतले विजयी

Posted on: 08 Dec, 2017

नन्दराम जैशि/मंसिर २२, जुम्ला । प्रदेश नं ६ का मुख्यमन्त्रीका दाबेदार तथा जुम्ला बाम गठबन्धन माओबादी केन्द्रका उम्मेदवार नरेश भण्डारी भारि मत अन्तरले विजयि हुनु भएकाे छ ।

क्षेत्र नं क बाट प्रदेशसभा सदस्य उम्मेदवार भण्डारीले १२ हजार ५ सय ७४ मत ल्याउदै ४ हजार ३९ मतान्तरले विजयि प्राप्त गर्नु भएकाे हाे । क्षेत्र नं क मा जम्मा खसेकाे २३ हजार ६ सय २९ मतमध्य भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपालि कांग्रेसका उमेमेदवार राजुसिंह कठायतले ८ हजार ५ सय ३५ मत प्राप्त गर्नुभएकाे छ ।


अन्तिम मत परिणाम राति पाैने अाठ बजे सार्वजनिक भएकाे थियाे । विजयि घाेषणापछि कुराकानि गर्दै उहाले ६ नं प्रदेश अाफ्नाे नेतृत्वमा देशकै नमुना प्रदेश बनाउने दावि गर्दै जुम्लालाई प्रदेशकाे घृषमकालिन राजधानि बनाउने बाचा गर्नु भएकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!