जुम्लामा संस्थानको चामल फालाफाल

Posted on: 14 Oct, 2017

नन्दराम जैशी | असोज २८, जुम्ला | जुम्लामा नेपाल खाद्य संस्थानको चामल प्रयाप्त मात्रामा मौज्दात रहेको छ । संस्थानको शाखा कार्यालय जुम्ला एरपोर्ट र जिल्लाका दुइवटा डिपो जुम्लाकोट र धापामा संस्थानको चामल प्रयाप्त मात्रामा मौज्दात रहेको हो ।

नजिकिदै गरेको तिहारमा चामल अभाव नहुने भन्दै उपभोक्तालाइ आवाश्यक परे अनुसारको चालम जिल्लामा मौज्दात रहेको संस्थानका शाखा प्रमुख रण बहादुर एैरले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थानको शाखा कार्यालयमा मात्र गत बर्षको २ सय क्वीन्टल चालम अझै मौज्दात रहेको छ । भने यस बर्षको २ सय ७० क्वीन्टल चामल मौज्दात छ । जम्मा ६ हजार क्वीन्टल बार्षिक कोटा रहेको संस्थानको शाखा कार्यालयमा हालसम्म २ सय ७० क्वीन्टल मात्र चामल आयात भएको छ । त्यस्तै जिल्लाका ग्रामिण उपभोक्ताइ लक्षीत गरी संचालनमा रहेका दुई वटा डिपोमा ४ हजार क्वीन्टल बार्षिक चालमको कोटा रहेकोमा चामल आयात हुदै मौज्दात गर्ने कार्य जारी रहेको संस्थानले जनाएको छ । नेपालगंज, राजापुर र सुर्खेतबाट संस्थानको चामल जुम्लामा आयात भैरहेको हो । विगतका बर्षहरुको तुलनामा यस बर्षको हालसम्म संस्थानको चामल खरीद गर्नेको संस्या न्युन रहेको छ । ब्यापारीक प्रतिस्पर्धाका कारण ग्रामिण बजारमा सहजै चामल उपलब्ध हुन थालेपछि संस्थानको चामल खरीद गर्नेको दर घट्दै गएको अनुमान छ ।                            

यसैबिच तिहार नजिकिदै गर्दा यो समयमा भने संस्थान शाखा कार्यालयबाट चामल खरीद गर्ने उपभोत्ताहरु बढेका छन् । तिहार नजिकिदै गर्दा संस्थानबाट चामल खरीद गरी उपभोत्ताहरुले खाद्यन्नको जोहो गर्न थालेका हुन् । गत साउन महिनादेखि दशै, तिहारको यो अवधिसम्म संस्थानबाट दैनिक ५ देखि १० क्वीन्टलसम्म चामल बिक्रि हुने गरेको शाखा प्रमुख रण बहादुर एैरले बताउनुभयो । उहाका अनुसार तिहार अवधिभर जुम्ला जिल्लामा चाहिने आवाश्यक खाद्यन्न जिल्लामा प्रयाप्त रुपमा मौज्दात रहेको छ । जसमा अरुवा मोटो, मकवानपुर र बंगलादेशि उसिना ब्राण्डको चामल रहेको छ । साथै चालु आर्थिक बर्षको चामल पनि जुम्लामा आयात हुन थालेको छ ।          

यस बिषयमा तपाइको प्रतिक्रिया...!