एनआइसी एशिया बैंकको शाखा जुम्लामा

Posted on: 13 Nov, 2017

कात्तिक २७, जुम्ला । एनआइसी एशिया बैंकले जुम्लामा आफ्नो शाखा विस्तार गरेको छ । 

आइतबार चन्दननाथ नगरपालिका–५ जुम्लामा बैंकले आफ्नो शाखा उद्घाटन गरेको हो । जुम्लामा स्थापित नयाँ शाखाको उद्घाटन उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले गर्नुभयो । 

बैंकको उद्घाटन गर्दै अध्यक्ष रावलले अन्य बैंकको तुलनामा यसले फरक सेवा सुविधा दिने र जुम्ली जनताका लागि यो बैंक थप सहयोगी भएर आएको जनाउनुभयो । 

न्यून आयस्रोत भएका नागरिकलाई सस्तो र सुलभ ब्याजमा ऋण उपलब्ध गराउँदै आएको एनआइसी एशिया बैंक लिमिटेड जुम्ला शाखाका प्रबन्धक कालीबहादुर रोकायाले बताउनुभयो । 

बैंकिङ सेवा विस्तारका क्रममा एनआइसी एशिया बैंकको शाखासँगै जुम्लामा अब बैंकको सङ्ख्या १० पुगेको छ । नेपालभर १३५ शाखा विस्तार गरेको यो बैंकले जुम्लाका सबै स्थानीय तहमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य राखेको छ ।  रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!