देउती नागरिकले सुर्खेत–जुम्ला माइक्रो सेवा सञ्चालन गर्ने

Posted on: 07 Jan, 2018

पुस २३, सुर्खेत । देउती नागरिक यातायात प्रालिले सुर्खेत–जुम्ला माइक्रो बस सेवा सञ्चालन गर्ने भएको छ । प्रा.लि.को तेस्रो वार्षिक साधारण सभाको समिक्षा गर्दै एक महिनाभित्र कर्णाली राजमार्गको सुर्खेत–जुम्ला रुटमा माइक्रो सेवा सञ्चालन गर्ने भएको हो ।

यात्रुहरुको मागअनुसार जुम्लामा पनि माइक्रो सेवा विस्तार गर्न लागेको प्रालिका अध्यक्ष कमल खड्काले ‘जुनी’ले जानकारी दिए । कालिकोटसम्म माइक्रो सेवा सञ्चालनरत भएपनि रुट अनुमति प्रक्रियामा रहेकाले एक महिना भित्रै जुम्लामा माइक्रो सेवा पुर्याउने बताए । यसका लागि प्रालिले कार्णाली राजमार्गको रुट संयोजकमा रणबहादुर शाही र सह–संयोजकमा किशोर श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

समिक्षा वैठकले प्रालिको कानुनीको सल्लाहकारमा नन्द भण्डारीलाई सर्वसम्मत चयन गरेको छ । प्रधान कार्यालय सुर्खेत रहेको प्रालिसंग हाल ३४ माइक्रो बस सञ्चालनरत छन् । आगामी वैशाखसम्म थप १६ माइक्रो थप गरेर ५० वटा पुर्याउने लक्ष्य रहेको प्रालिका सचिव रमेश खड्काले जानकारी दिए ।निकट भविष्यमा दैलेखको चमुण्डा, बेस्तडा, पश्चिम सुर्खेतको लगाम र अछामको कमलबजार विनायकसम्म माइक्रो छुटाउने गृहकार्यमा जुटेको खड्काले बताए । साधारण सभा सम्पन्न गर्न सहयोग पुर्याउने सवैलाई समिक्षात्मक वैठकले धन्यवाद समेत ज्ञापन गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!