विद्यार्थीले गरे, प्रधानमन्त्रीको पुत्ला दहन

Posted on: 14 Jun, 2018

जेठ ३१, जुम्ला | पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग राख्दै नेपाल विद्यार्थी संघ जुम्लाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । चरणबद्ध रुपमा आन्दोलन गर्दे आएको नेविसंघले बिहिबार विरोध प्रदर्शन गर्दै जुम्ला बजारको कृष्णमन्दिर अगाडी प्रधानमन्त्रिको पुत्ला दहन गरेको हो ।   

यस अघि मुल्य वृद्धिको विरोद्धमा राँके जुलुस गरेको नेविसंघ जुम्लाले निरन्तर विरोद्ध गरिहेको छ । प्रदर्शनकारीले ‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर, बढ्दो मंहगी नियन्त्रण गर, भ्रष्टचारी र काला बजारीलाई कारबाही गर, राज्य आतंक धरपकड बन्द गर’ केपी ओली मुद्धाबाद लगायातका नारा लगाँउदै उनिहरुले सरकारको विरोध जनाएका हुन् ।


विरोध कार्यक्रमपछि नेविसंघ जुम्लाका नेता महेन्द्र कार्कीले ओली सरकारले गरिव जनताको गाँस खोसेको आरोप लगाए । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नलिए कडा आन्दोलनका कार्यक्रम गरीने नेविसंघ जुम्लाले बताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!