जुम्लामा विद्यालय खुले

Posted on: 24 Nov, 2020

मङ्सिर ९, खलङ्गा । जुम्लाका आठवटै स्थानीय तहले सामुदायिक विद्यालयमा पठनपाठन सुरु गरेका छन् ।

कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध रहेका सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई जिम्मा दिइएपछि पठनपाठनका लागि खुला गरिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।

‘गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएकाले गाउँपालिकाको शिक्षा समितिको निर्णयअनुसार पालिकाभित्र सबै विद्यालय सञ्चालन गरी पठनपाठन भएको छ’ उनले भने ।

विद्यार्थीको पढाइलाई ध्यानमा राखी नगरपालिकाभित्रका सबै सामुदायिक तथा निजी विद्यालय खोल्ने अनुमति दिइएपछि केही विद्यालयले पढाइ चलाएको नगरपालिकाका उपप्रमुख अप्पसरादेवी महतले बताइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!