जुम्लाको सिंजा प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले (कुन वडामा क-कसले जिते ? )

Posted on: 17 May, 2017

नन्दराम जैशी | जेठ ३, जुम्ला । सिंजा गाँउपालिका जुम्लाको प्रमुखमा नेपालि कांग्रेसका देबलसिंह रावल विजयि हुनुभएको छ । विजयि रावलले १४ सय ३० मत प्राप्त गर्नुभएको छ । भने उहाँका निकटतम प्रतिद्धोन्दी नेपाल मजदुर किसान पार्टिका पुर्ण प्रसाद धितालले १२ सय ३ मत प्राप्त गर्नुभयो । यस्तै माओबादि केन्द्रबाट प्रमुखको उम्मेदवार हिक्मत खत्रिले ११ सय ६३ मत प्राप्त गर्नुभएको थियो । भने नेकपा एमालेका नन्दराम रोकायाले ११ सय ४० मत ल्याउनु भएको छ । त्यस्तै सिंजा गाँउपालिकाको उपप्रमुखमा नेकपा एमालेकि जन्मकन्या खत्रि विजयि हुनुभएको छ । उपप्रमुखमा विजेता खत्रिले १४ सय ११ मत प्राप्त गर्नुभएको छ । नेपालि कांग्रेसबाट उपप्रमुखकि उम्मेदवार रमनकला शाहिले १२ सय ६२ मत प्राप्त गर्नुभएको छ । माओबादि केन्द्रकि सितलि रोकायाले ११ सय ७५ मत प्राप्त गर्नु भएको छ । भने नेमकिपाकि कृष्णमाया शाहिले ८ सय ७९ मत प्राप्त गर्नुभएको थियो ।

यसैबिच सिंजा गाँउपालिकाका ६ वटा वडाहरुमध्य २ वडामा नेकपा एमाले, २ मा नेमकिपा, १ मा माओबादि केन्द्र र १ वडामा नेपालि कांग्रेस विजयि भएको छ ।  जसअन्र्तगत वडा नं १ मा नेमकिपाको पुरै प्यानल विजयी भएको छ । ३ सय ६३ मत ल्याएर वडाध्यक्षमा रणवहादुर रोकाया सहित नेमकिपाको पुरै प्यानल विजयी भएको हो ।

वडा नं २ मा माओबादि केन्द्रको पुरै प्यानल विजयी भएको छ । माओबादि केन्द्रका नविन शर्माले ३ सय ३५ मत प्राप्त गरेर विजयि हुनुभयो भने उहाँका निकटतम प्रतिद्धोन्दी नन्दराज खत्रिले १ सय ९९ मत प्राप्त गर्नुभएको छ । 

वडा नं ३ मा नेपालि कांग्रेसको पुरै प्यानल सहित तिलाचन्द्र चौलागाँइले २ सय ६० मत प्राप्त गरेर विजयि हुनुभएको छ । भने उहाँका निकटतम प्रतिद्धोन्दी एमालेका मनजिते रानाले २ सय ७ मत प्राप्त गर्नुभएको छ । 

सिंजा गाँउपालिकाका कार्यकारी अधिकृत सुवास रिजालका अनुसार वडा नं ४ मा नेकपा एमालेको पुरै प्यानल सहित धन बहादुर बुढा ३ सय ९३ मत ल्याएर विजयि हुनुभएको छ । भने उहाँका निकटतम प्रतिद्धोन्दी नेपालि कांग्रेसका रिमले बुढाले २ सय ४६ मत प्राप्त गर्नुभएको छ । 

वडा नं ५ मा एमालेको पुरै प्यानल सहित मुन बहादुर रावतले ३ सय १८ मत प्राप्त गरेर विजयि हुनुभएको छ । भने उहाँका निकटतम प्रतिद्धोन्दी माओबादि केन्द्रका मोति दमाइले २ सय ६४ मत प्राप्त गर्नुभएकोकार्यकारी अधिकृत सुवास रिजालले जानकारी दिनुभयो । 

त्यस्तै वडा नं ६ मा नेमकिपाको पुरै प्यानल सहित कालि बहादुर बुढा ३ सय ३८ मत प्राप्त गरेर विजयि हुनुभएको छ । भने उहाँका निकटतम प्रतिद्धोन्दी एमालेका शिवचन्द्र रावतले २ सय ४१ मत प्राप्त गर्नुभएएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!