देशकै पहिलो महिला उम्मेदवार मेयरमा विजयी, उपमेयरमा पनि महिला

Posted on: 17 May, 2017


नन्दराम जैशी/जेठ ३ जुम्ला । प्रदेश नं ६ को एक्लो महिला मेयरका उम्मेदवार कान्तीका सेजुवाल विजयि हुनु भएको छ । 

प्रदेश नं ६ को जुम्ला चन्दननाथ नगरपालिकामा नेपालि कांग्रेसबाट मेयरका लागि एक्लो उम्मेदवार कान्तीका सेजुवाल विजयि हुनुभएको हो । विजयि सेजुवालले २७ सय ७७ मत ल्याएर नगरपालिकाको मेयर पद जित्नुभएको छ । उहाँका निकटतम प्रतिद्धोन्दी नेकपा एमालेका शान्तिलाल महतलाइ ७ सय ७१ मतको अन्तर पार्दै कान्तीका सेजुवाल मेयरमा विजयि हुनुभएको हो । प्रतिद्धोन्दी नेकपा एमालेका शान्तिलाल महतले २ हजार ६६ मत प्राप्त गर्नुभएको छ । भने माओवादिक केन्द्रका अशोककुमार श्रेष्ठले २ हजार १५ मत ल्याउनुभएको छ ।    

 यस्तै चन्दननाथ नगरपालिकाको उपमेयरमा कडा प्रतिस्पर्धाका साथ महिला उम्मेदवार माओबादि केन्द्रका अप्सरादेवि न्यौपाने महत २ हजार १८ मत प्राप्त गरी विजयि हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धोन्दी नेपालि कांग्रेसका जगत बहादुर खत्रिलाइ २ सय ४४ मतको अन्तर पार्दै अप्सरादेवि न्यौपाने महत उपमेयरमा विजयि हुनुभएको हो । प्रतिद्धोन्दी नेपालि कांग्रेसका जगत बहादुर खत्रिले १७ सय ७४ मत प्राप्त गर्नुभएको छ । भने नेकपा एमालेका मेनका रेग्मी (चौलागाई) ले १७ सय १० मत प्राप्त गर्नुभएको छ । चन्दननाथ नगरपालिकामा ९ हजार ६ सय ७२ मतदाता रहेका थिए । 

नगरपालिकाको चुनावि मैदानमा महिला १ सय ३६ र पुरुष ५६ उम्मेदवार उत्रिएका थिए । 

चन्दननाथ नगरपालिकाका १० वटा वडाहरुमध्य ३ वडामा नेपालि कांग्रेस, ३ वटा वडामा नेकपा एमाले, ३ वडामा माओबादि केन्द्र विजयि भएको छ । भने एउटा वडा तथा वडा नं ५ मा स्वतन्त्र उम्मेदवार अर्जुनसिंह कठायत विजयि हुनुभएको छ ।       


यस बिषयमा तपाइको प्रतिक्रिया...!