जुम्लामा दलित महिला वडा सदस्यको १० पद खालि, ३०६ मध्य १२४ माओबादिका प्रतिनिधि निर्वाचित

Posted on: 20 May, 2017

नन्दराम जैशी | जेठ ६, जुम्ला । जुम्लामा सम्पन्न भएको पहिलो चरणको निर्वाचनमा उम्मेदवारी नपरेपछि दश सदस्यको पद खालि रहेको छ । जिल्लाका सात गाँउपालिका र एक नगरपालिका सहित आठ वटा स्थानिय तहमा सम्पन्न भएको निर्वाचनमा दलित महिला वडा सदस्यको लागि जिल्लाका दश वटा वडाबाट उम्मेदवारी नपरेपछि दश सदस्यको पद खालि रहेको हो ।   

जुम्लामा जम्मा ३ सय १६ प्रतिनिधिका लागि भएको निर्वाचनमा दश जना दलित महिला वडा सदस्यको उम्मेदवारी नपरेको कारण ३ सय ६ जनामात्र प्रतिनिधि चुनिएका छन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाँउपालिकाको वडा नं १, तातोपानि गाँउपालिकाको वडा नं ७ र ८, तिला गाँउपालिका ६, पातारासि गाँउपालिका १ र ५ बाट दलित महिला वडा सदस्यको लागि उम्मेदवारी नपरेको हो ।

त्यस्तै सिंजा गाँउपालिका ४ र हिमा गाँउपालिका २ बाट पनि उम्मेदवारी नपरेपछि दलित महिला वडा सदस्यको पद खालि रहेको जिल्ला निर्वाचन अधिकारी खुम प्रसाद सुबेदिले बताउनुुभयो । जुम्लामा निर्वाचित ३ सय ६ जना प्रतिनिधिमध्य नेकपा माओबादि केन्द्रबाट प्रमुख ३ र उपप्रमुख ५ जना गरी जम्मा १ सय २४, नेकपा एमालेबाट प्रमुख १ र उपप्रमुख १ जना गरी जम्मा ९६ र नेपालि कांग्रेसबाट प्रमुख ४ र उपप्रमुख २ जना गरी जम्मा ७५ जना प्रतिनिधि चुनिएका छन् ।

त्यस्तै नेपाल मजदुर किसान पार्टिबाट १० जना र स्वतन्त्र १ जना प्रतिनिधि गरी जम्मा ३ सय ६ जना प्रतिनिधि निर्वाचित भएका हुन् । जसमा हिमा गाँउपालिकाबाट नेकपा माओबादि केन्द्रका २१, नेकपा एमालेका १० र नेपालि कांग्रेसका ५ जनागरी जम्मा ३६ जना प्रतिनिधि चुनिएका छन् । सिंजा गाँउपालिकाबाट नेकपा माओबादि केन्द्रका ५, नेकपा एमालेका १०, नेपालि कांग्रेसका ५ र नेमकिपाका १० जनागरी जम्मा ३१ जना प्रतिनिधि चुनिएका छन् ।

यस्तै पातारासि गाँउपालिकाबाट माओबादि केन्द्रका १४, एमालेका ५ र कांग्रेसका १६ जनागरी जम्मा ३५ जना प्रतिनिधि चुनिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तिला गाँउपालिकाबाट माओबादि केन्द्रका १७, एमालेका १६ र कांग्रेसका १३ जनागरी जम्मा ४६ जना प्रतिनिधि चुनिएका छन् । त्यस्तै तातोपानि गाँउपालिकाबाट माओबादि केन्द्रका २८ र नेकपा एमालेका १२ जनागरी जम्मा ४० जना प्रतिनिधि चुनिएका छन् । भने कांग्रेसबाट एउटा पनि सदस्य निर्वाचित हुन सकेका छैनन् ।

यता चन्दननाथ नगरपालिकाबाट माओबादि केन्द्रका १७, एमालेका १८, कांग्रेसका १६ र एकजना स्वतन्त्रगरी जम्मा ५२ जना प्रतिनिधि चुनिएका छन् । यता गोठिचौर गाँउपालिकाबाट माओबादि केन्द्रका १२ र नेकपा एमालेका १४ जनागरी जम्मा २६ जना प्रतिनिधि चुनिएका छन् । भने नेपालि कांग्रेसबाट एउटा पनि सदस्य निर्वाचित हुन सकेका छैनन् । र कनकासुन्दरी गाँउपालिकाबाट माओबादि केन्द्रका १०, नेकपा एमालेका ११ र नेपालि कांग्रेसका १९ जनागरी जम्मा ४० जना प्रतिनिधि चुनिएको बताइएको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!