जुम्लाका २५ वडामा माओबादिले जित्यो, दोस्रोमा एमाले र कांग्रेस तेस्रोमा

Posted on: 21 May, 2017

नन्दराम जैशी | जेठ ७, जुम्ला । स्थानिय तहको निर्वाचनमा भाग लिएका जुम्लाका राजनितिक दलहरुमध्य नेकपा माओबादि केन्द्रले सबै भन्दा बढि वडामा जित हासिल गरेको छ । जुम्लाका ६० वटा वडाहरुमध्य नेकपा माओबादि केन्द्रले २५ वडामा विजयि हाँसिल गरेको हो । त्यस्तै नेकपा एमालेले १७, नेपालि कांग्रेसले १५, नेपाल मजदुर किसान पार्टिले २ र स्वतन्त्र उम्मेदवारले १ वडामा जितेका छन् । 

जसमा माओबादि केन्द्रले चन्दननाथ नगरपालिकाको वडा नं २, ३ र ९, तिला गाँउपालिकाको वडा नं १, ७, ८ र ९, पातारासि गाँउपालिकाको २, ३ र ४, हिमा गाँउपालिकाको १, ४, ६ र ७, कनकासुन्दरी गाँउपालिकाको २ र ५, तातोपानि गाँउपालिकाको १, २, ३, ५, ६ र ७, गोठिचौर गाँउपालिकाको ४, ५, सिंजा गाँउपालिकाको २ नं वडामा माओबादि केन्द्रले जितेको छ । 

जिल्ला निर्वाचन कार्यालय जुम्लाका अन्ुसार नेकपा एमालेले चन्दननाथ नगरपालिकाको वडा नं ६, ७ र ८, तिला गाँउपालिकाको वडा नं २, ३ र ४, पातारासि गाँउपालिकाको वडा नं ७, हिमा गाँउपालिकाको २ र ३, कनकासुन्दरी गाँउपालिका ७, तातोपानि गाँउपालिकाको ४ र ८, गोठिचौर गाँउपालिकाको १, २ र ३, सिंजा गाँउपालिकाको ४ र ५ नं वडामा एमालेले जितेको हो । 

त्यस्तै नेपालि कांग्रेसले चन्दननाथ नगरपालिकाको वडा नं १, ४ र १० तिला गाँउपालिकाको वडा नं ५ र ६ पातारासि गाँउपालिकाको १, ५ र ६ हिमा गाँउपालिका ५ कनकासुन्दरी गाँउपालिकाको १, ३, ४, ६ र ८ र सिंजा गाँउपालिकाको ३ नं वडामा कांग्रेसले जितेको छ । भने कांग्रेस जिल्लाको तातोपानि र गोठिचौर गाँउपालिकामा शुन्यमा झरेको छ । 

यस्तै जुम्ला चन्दननाथ नगरपालिका वडा नं ५ मा स्वतन्त्र उम्मेदवार अर्जनसिंह कठायत विजयि हुनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!