उचित आवाजलाइ सम्बोधन गरिन्छ: मेयर सेजुवाल

Posted on: 07 Jul, 2017


असार २३, जुम्ला । कार्यक्रममा सहभागि एक्लो सरोकारवाला निकाय प्रतिनिधि तथा चन्दननाथ नगरपालिकाका मेयर कान्तीका सेजुवालले बालबालिकाको उचित आवाजलाइ सम्बोधन गर्ने जानकारी दिदै बालबालिकाले पनि अनुशासनमा रहेर बस्नुपर्ने तर्क गर्नुभयो । 

उहाले भन्नुभयो, बालबालिकाको लागि पढाई सबै भन्दा ठुलो कुरा हो । पहिले पढेर शिक्षित भएमा पछि आफै अधिकार खोज्छन् । तर अधिकारका नाममा पढाईलाइ बाधा पुग्ने काम गर्न नहुने उहाले बताउनुभयो । 

एकातिर नगरपालिकामा बालमजदुर, बालबिवाह लगाएतका हिंसा बढ्दैछन् भने अर्कोतिर सामाजिक संजाल र मोबाइल फोनको दुरुपयोगले बढ्दै गरेको बाल हिंसाका समस्या न्युनिकरणमा प्रमुख चुनौति रहेको मेयर सेवुवालको भनाइ छ ।

 

आन्दोलन र द्धोन्दमा प्रत्यक्ष संलग्न बालबालिकालाई अझै पनि पिडा भैरको भन्दै शान्ती अभियानको शुरुवात बालबालिकाबाटै हुनुपर्ने उहाको भनाइ छ । मानव अधिकार अधिकृत धनराज शाहिले कुनै पनि हिंसाका घटना न्युनिकरणमा एक्लो निकायले जतिगरेपनि संभव नहुने भन्दै एकद्धार प्रणालिबाट अघि बढ्नुपर्ने तर्कगर्नुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!