निर्वाचनको मुखैमा नेमकिपाबाट १८ जना नेता/कार्यकर्ताले दिए सामुहिक राजिनामा

Posted on: 10 Nov, 2017

कात्तिक २४, जुम्ला | आसन्न प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनको मुखैमा १८ जना नेता कार्यकर्ताले नेमकिपा जुम्लाबाट राजिनामा दिएका छन् । निर्वाचन नजिकिदै जाँदा १८ जना नेता कार्यकर्ताले संयुक्त राजिनामा दिएका हुन् । 

नेपाल क्रान्तिकारी शिक्षक संघका पुर्व केन्द्रीय प्रतिनिधि प्रयागदत्त उपाध्याय लगाएत १८ जनाले संयुक्त रुपमा नेमकिपाको साधारण सदस्य समेत नरहने गरी संयुक्त राजिनामा हुलाक मार्फत पार्टि कार्यालय जुम्लामा पठाएका छन् । राजिनामाको बिषयमा रेडियो कर्णालीलाई लिखित जानकारी दिदै नेपाल क्रान्त्तिकारी युवा संघका पुर्व केन्द्रीय सदस्य जगनाथ उपाध्यायले नेमकिपाले समाजबादि आन्दोलनको नारा मात्र लगाएतको आरोप लगाउनुभयो । समाजबादको एजेण्डा उठाएपनि रुपान्तरीत हुन नचाहने नेमकिपाले समाजबाद स्थापना गरेर जनतालाई न्याय दिन नसक्ने उहाँको भनाइ छ । 

राजिनामा पछि नेपाल क्रान्तीकारी किसान संघका सदस्य लक्ष्मीचन्द्र उपाध्यायले नेमकिपा पाटिको अगुवाई गर्ने नेताहरु यथास्थीतिबादि रहेको आरोप लगाउदै परिस्थीति अनुसार रुपान्तरीत हुन नचाहने भएकाले नेमकिपामा बसेर समाजका लागि केहि गर्न नसक्ने देखेर सामुहिक राजिनामा पेश गरेको बताउनुभयो । 

राजिनामा दिएका कार्यकर्ताहरुले अन्य पाटिमा प्रवेश गर्ने भन्ने प्रश्नमा कुनै विचार ब्यक्त गरेका छैनन् । तर नेमकिपाको एजेण्डा र सिद्धान्त ठिक रहेपनि नेतृत्व तह ठिक नरहेको उनिहरुको आरोप छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!