जुम्लामा राप्रपा नेपालका १२ नेता कार्यकर्ता पक्राउ

Posted on: 19 Apr, 2019

बैशाख ६ जुम्ला । धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रिएका राप्रपा नेपाल जुम्लाका १२ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । सदरमुकाम खलंगाको बालमन्दिर नजिकै धर्मनिरपेक्षता लेखिएका ब्यानर, पम्पलेट जलाउँदै गरेको नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रशासन कार्यालय अगाडी उक्त कागजपत्र जलाउने राप्रपा जुम्लाको कार्यक्रम थियो । तर बाक्लो प्रहरी परीचालन हुँदा उनिहरुले बालमन्दिर नजिकै जलाइएका थिए । सोही क्रममा प्रहरी र राप्रपा कार्यकर्ताबीच धकेलमकेल समेत भएको थियो । राप्रपा नेपाल जिल्ला कार्य समिति जुम्लाले स्वतन्त्रपूर्वक गरिएको शान्तिपूर्ण आन्दोलन माथि प्रहरीले हस्तक्षेप गरेको भन्दै गम्भीर ध्यानाकर्षण गरेको छ ।  

राप्रपा नेपालका युवा नेता अनुप थापाले प्रहरी नियन्त्रणमा रहेका आफ्ना पाटीका नेता कार्यकर्तालाई तत्काल रिहाईको माग गरेका छन् । पक्राउ पर्नेहरुमा पाटीका केन्द्रीय सदस्य धनबहादुर थापा, जिल्ला कार्य समिति जुम्लाका सचिव श्रीकृष्ण बुढा र जुम्लाका प्रवक्ता अंगदप्रसाद देवकोटा लगायतका नेता कार्यकर्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार नियन्त्रणमा लिईएका नेता कार्यकर्तालाई छोड्ने वा राख्ने भन्ने बिषयमा केन्द्रबाट आउने परिपत्र अनुसार अघि बढ्ने बताईएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!