गाँउको आयोजनाको २९ लाख रकमसहित जुम्लाका एक युवा फरार

Posted on: 08 May, 2017

नन्दराम जैशी/बैशाख २५, जुम्ला । गाँउको आयोजनाको लाखौ रकम सहित जुम्लाका एक युवक फरार भएका छन् । 

जुम्ला तातोपानि गाँउपालिका ७ तथा साविकको ताम्ती गाविस ५ बारागाँउका ३० बर्षिय युवा भिम बहादुर रावत गाँउको आयोजनाको लाखौ रकम सहित फरार भएका हुन् । आरसि आइ डब्लुको सहयोगमा निर्माण कार्य सम्पन्न भएको पातरसाँगुदेखि बारागाँउसम्म ग्रामिण सडक आयोजनाको २९ लाख ३ हजार ५ सय २२ रुपैया सहित उनि फरार भएका छन् । 

गाँउलेले सडक निर्माण आयोजनाको काम सम्पन्न गरेपछि कामदारलाइ ज्याला बिवरण बाफत आइतबार बैंकबाट २९ लाख ३ हजार ५ सय २२ रुपैया भुक्तानि लिएका ३० बर्षिय युवा रावत अहिलेसम्म सम्पर्कमा छैनन् । 

आयोजनाको अध्यक्ष समेत रहनु भएका उहाले आइतबार दिउसो बैंकबाट रकम भुक्तानी लिएसँगै दिउसो ४ बजेपछि सम्पर्क बिहिन भएको सडक निर्माण आयोजनाका सचिब नर बहादुर रावतले बताउनुभयो । रकम सहित फरार भएका युवक तथा सडक निर्माण आयोजनाका अध्यक्ष भिम बहादुर रावत, सचिब नर बहादुर रावत र कोषाअध्यक्ष पदमकलि रावतले संयुक्त रुपमा बैंकबाट रकम भुक्तानी लिएका थिए । 

सचिब नर बहादुर रावतका अनुसार भुक्तानी लिएको रकम कोषाअध्यक्ष महिला पदमकलि रावतलाइ हस्तान्त्रण गर्न नमानेपछि एउटै होटलमा तिनै जना सँगै खाजा खाएर भोलि बिहान भेट्ने भन्दै उनिहरु निस्केका थिए । तर रकम लिएर फरार भएका युवक अहिलेसम्म सम्पर्कमा नआएको बताइएको छ । पारीवारीक स्रोतका अनुसार पनि फरार युवक कसैको सम्पर्कमा छैनन् । यता जिल्ला प्रहरी कार्यालय जुम्लाले फरार युवकको खोजि कार्य जारी रहेको बताएको छ । 

गाँउलेहरु आयोजनाको सबै रकम लिएर फरार भएका युवकप्रति आक्रोसित र चिन्तीत भएका छन् । आयोजनाका कामदारहरु फरार युवकको ज्यान सुरक्षित रहेमा ढिलै भएपनि रकम हात लगाउने आशामा छन् । 

लाखौ रकम सहित फरार रहेका युवकले प्रयोग गर्दै आएको मोबाइल स्वीचअफ गरीएको छ । फरार युवक गँहु गोरो बर्णको छन् भने रातो जकेट, कालो प्वाइन्ट, क्यापटोपि र इरीकवाला खैरो जुता लगाएको पारीवारीक स्रोतले बताएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!