गाँउमा खेर गएको हाडे ओखर उपयोगमा आएपछि कृषकहरु खुसि

Posted on: 19 Jul, 2017


 नन्दराम जैशी/साउन ४, जुम्ला । गाँउमा खेर गइरहेको हाडे ओखर उपयोगमा आएपछि जुम्लाका कृषकहरु खुसि भएका छन् । 

जुम्लाका विभिन्न बस्ती तथा जंगलहरुमा पाइने हाडे ओखर यस अघिका दिनमा प्रयोग बिहिन अवस्थामा रहेको भन्दै अबदेखि हाडे ओखर उपयोगमा आउनेभएपछि जुम्लाका महिला कृषकहरु खुसि भएका हुन् । आगामि दिनमा जुम्लाका कृषकहरुले गाँउमै मेसिन मार्फत हाडे ओखर प्रशोधन गरी तेल उत्पादन पनि गर्नसक्ने भएका छन् ।

 जुम्लाका सरोकारवाला निकायको सहभागितामा ओखर उत्पादक कृषकहरुले बुधबार तातोपानि चार हाँकुमा हाडे ओखर प्रशोधन गरी तेल उत्पादन गर्ने मेसिनको अवलोकन तथा प्रयोगात्मक अभ्यास गरेपछि कृषकहरुले यस्तो प्रतिक्रिया दिएका थिए । 

जुम्लाको पातारासि, गोठिचौर र तातोपानि गाँउपालिकाका कृषकहरु र जिल्ला स्थीत सरोकारवालाहरुले उक्त मेसिनको अवलोकन तथा प्रयोगात्मक अभ्यास गरेका छन् । हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालको आयोजना तथा ईटिए जुरीजको प्राविधिक सहयोगमा हाडे ओखर प्रशोधन गरी तेल उत्पादन गर्ने मेसिनको हाँकुमा परिक्षण गरीएको हो ।

हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालको तर्फबाट म्याटिस स्टोल्ज र पास्कल ट्राक्सलरले साउन २ गतेदेखि परिक्षणमा ल्याएको मेसिन साउन ६ गतेसम्म परिक्षण भएको छ । कृषकहरुको पृष्ठपोषणका आधारमा परिक्षण गरीएको उक्त मेसिन महिलामैत्रि रहेको पाइएको छ । 


मेसिनको अवलोकन तथा प्रयोगात्मक अभ्यासपछि बोल्दै तातोपानि ४ हाँकुकि महिला कृषक दुर्गा जैसीले भन्नुभयो, मेसिन अत्यन्तै प्रभावकारी छ । यस अघि हाम्रो गाँउघरमा हाडे ओखरको खासै प्रयोग हुन्थेन, यदि ओखरको तेल बनाइहालेमा पनि हातले सबै काम गर्नुपथ्र्यो । त्यो झण्झटिलो विधि हो ।

अब मेसिनले तिँ सबै काम एकै पटक गरी दिने भएपछि ओखर उपयोगमा आउनुका साथै काममा पनि सहजता हुनेछ, उहाले भन्नुभयो । ओखरको तेलको जति महत्व भएपनि त्यसको उत्पादन र प्रशोधनमा कसैले जोड नदिएपछि हामिले पनि वास्था गरेनौ अब यसको महत्वका बिषयमा जानकारी पाएपछि हाडे ओखर खेतिलाई पनि निरन्तरता दिने उहाको भनाइ छ ।

 हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालका कार्यक्रम अधिकृत आनन्द कुमार पराजुलिका अनुसार पाइटल प्रोजेक्टका रुपमा परिक्षण गरीएको मेसिन सफल देखिएको र कृषकहरुले पनि रुचाएकाले आगामि दिनमा मेसिन बितरण प्रक्रिया अपनाउन सकिने बताउनुभयो । 

उहाले भन्नुभयो, कृषकहरुको चाहाना बमोजिम मेसिन खरिद गर्न सक्नेछन् । बरु त्यसमा हामि मेसिन खरिद गर्दा स्रोतको खोजि गर्नसक्छौ । कृषकहरुको मागका आधारमा निशुल्क प्राविधिक सल्लाह दिनेछौ । मेसिन खरिदपछि कृषकहरुले उत्पादन गरेको आखरको तेलको बजार ब्यवस्थापनका लगि सहजिकरण गरीने जानकारी दिदै सबै निकायसँगको समन्वयलाइ निरन्तरता दिने उहाको भनाइ छ । 

हाल स्थानिय कृषकले हातले पिसेर उत्पादन गरेको ओखरको तेल आफैले औषधिको रुपमा प्रयोग गर्ने गरेको पाइन्ट । यसको बजार ब्यवस्थापनसँगै उत्पादनमा जोड दिनसके विश्व बजारमा समेत ओखरको तेलको माग बढ्ने कृषि विज्ञहरुको भनाइ छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!