ग्रामिण बर्थिङ सेन्टरमा सुत्केरी, मातृ तथा शिशु मत्युदर शुन्य

Posted on: 23 Jul, 2017

नन्दराम जैशी | साउन ८, जुम्ला । स्वास्थ्य चौकि रारालिहिमा संचालित जुम्लाकै पहिलो ग्रामिण बर्थिङ सेन्टरमा ५९ जनाले सुत्केरी गराएका छन् । तिला गाँउपालिका २ मा अवस्थीत रारालिहि बर्थिङ सेन्टरबाट आर्थिक वर्ष २०७३र०७४ मा ५९ जना ग्रामिण जुम्ली महिलाले प्रसुति सेवा लिएका हुन् । ग्रामिण क्षेत्रका गर्भवति महिलाको सेवाका लागि २०६५ देखि संचालनमा आएको उक्त बर्थिङ सेन्टरबाट प्रसुति सेवा लिने महिलाहरुको संख्या बिस्तारै बढ्दै गएको छ ।


बर्थिङ सेन्टरमा दक्ष चिकित्सक सहित उपकरणहरुरको पनि ब्यवस्थापन हुनथालेपछि अघिल्ला बर्षहरुको तुलनामा गत बर्षदेखि ह्वात्तै प्रसुति सेवा लिनेको संख्या बढेको हो । बर्थिङ सेन्टर ब्यवस्थीत बन्दै गएपछि चालु आर्थिक बर्षमा पनि प्रसुति सेवा लिनेको संख्या पनि बढ्ने देखिन्छ ।

यता रारालिहिकि महिला स्वास्थ्य स्वंयम सेविका हरीसोभा रावतले गर्भवति महिलाहरुलाई सरसल्लाह दिएर स्वास्थ्य संस्थामा चेकजाँच तथा उपचारका लागि जान अनुरोध गर्ने गरेको बताइन् । उहाले भनिन्, जन्मान्तर कम गर्ने उदेश्यले गाँउमा महिला तथा पुरुषहरुलाई पहिले अस्थायि साधानहरु बितरण गर्ने गर्दछौ । यदि गर्भ रहेमा पनि स्वास्थ्य संस्थामै चेकजाँच र प्रसुति सेवा लिन पठाउने गरेको उनको भनाइ छ । 

स्वास्थ्य चौकि रारालिहिका अहेब एकराज गिरिले भने, ग्रामिण क्षेत्रका महिलाहरु हाल बर्थिङ सेन्टरमै प्रसुति सेवा लिन आउने गरेका छन् । यो खुसिको कुरा हो । पहिले घरमै सुत्केरी गराउने प्रचलन थियो । त्यसले गर्दा कर्यौ आमा तथा नवजात शिशुले ज्यान गुमाउनु पर्थ्र्यो । जनचेतनाका कारण हाल त्यसको ठिक उल्टो भएको भन्दै सुरक्षित प्रसुति सेवा नपाएर अकालमा मर्ने मातृ तथा शिशु मत्युदर शुन्यमा झरेको उहाँले बताए । 

तत्कालिन घोडेमहादेब, मालिकाठाँटा र रारालिहि लगाएतका छिमेकि गाविसका गर्भवति महिलाहरुले बर्थिङ सेन्टरबाट प्रसुति सेवा लिएको उहाले जानकारी दिए । उहाँले भने, बर्थिङ सेन्टरमा अहिले औषधि उपकरण र दक्ष स्वास्थ्यकर्मिको अभाव छैन । हामिले निरन्तर सेवा दिइरहेका छौ । तर हिँउदे सिजनमा चिसो र विभिन्न कारणले स्वास्थ्यकर्मिहरु बिदामा बस्ने गर्दा गुणस्तरीय सेवा प्रवाहमा कमि भएको महशुस हुन्छ । त्यसको अन्त्यका लागि लागिपरेको बताउदै स्वास्थ्य चौकिमा रहेको १० जनाको दरबन्दी कोटा पुरा भएको उहाँको भनाइ छ ।    

बर्थिङ सेन्टरमा नसक्ने बिरामिलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गर्ने गरीएको छ । भने हाल हरेक वडा र गाँउस्तरसम्म स्टेचर बितरण गरीएको छ । जिल्लाको विभिन्न स्थानमा सेवा प्रवाहको दृष्टिले १८ वटा बर्थिङ सेन्टर स्थापना भएपछि स्वास्थ्य संस्था लिदै गर्दा बाटोमै सुत्केरी हुने महिलाको संख्या शुन्यमा झरेको जनस्वास्थ्य अधिकृत पृथ्वीनाथ योगिले बताए । बर्थिङ सेन्टरको मागका आधारमा कुनै पनि औषधि, उपकरण र दरबन्दीको अभाव हुन नदिएको उहाँको भनाइ छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!