द्धन्द्ध पीडितको घाउमा मलम पट्टी

Posted on: 25 Jul, 2017

नन्दराम जैशी, साउन १० जुम्ला । जुम्लाका द्धन्द्ध पिडितले राहत पाएपछि घाउमा मलम पट्टी लागेकोे महशुस गरेका छन् । दश बर्षे शसस्त्र द्धोन्दको प्रभावका कारण अझैसम्म पिडा खेपिरहेका द्धन्द्ध पिडितले राहत पाउँदा थोरै भएपनि घाउमा मलम पट्टी लागेकोे महशुस गरेका हुन् ।

स्थानिय शान्ती समितिको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले ४ सय ९६ जना द्धन्द्ध पिडितलाइ आइतबार बैंक मार्फत राहत रकम बितरण गरेपछि घाउमा मलम पट्टी लागेकोे द्धन्द्ध पिडितले प्रतिक्रिया दिएका थिए । आर्थिक वर्ष २०७३÷०७४ को लागि जुम्लामा द्धन्द्ध पिडितको नाममा प्राप्त भएको १६ करोड १३ लाख ५२ हजार २ सय रकम मध्य ४ सय ९६ जना द्धन्द्ध पिडितलाई १५ करोड ८३ लाख ५३ हजार ८ सय रकम वितरण गरिएको छ । राहत वितरणका लागि कार्यदलका संयोजक राजकुमार शाही (साहासि) का अनुसार २ सय ७७ जना मृतक, ५ जना वेपत्ता, ७ जना कर्मचारि, १ सय १३ अपहरण, ८३ विस्थापित र टुहुरा ११ जनाले राहत बुझेका छन् । जसमध्य मृतक २ सय ७७ जनामा २ सय ५८ जनालाई ५ लाख, १ जनालाई ७ लाख, १ जनलाई ८ लाख ५० हजार र १६ जनालाई १० लाख रुपैया राहत वितरण गरिएको छ ।

उहाका अनुसार मृतक र वेपत्ताले १० लाख र अपहरण तथा विस्तापित परिवारले प्रति व्यक्ति २५ हजारका दरले राहत रकम पाएका छन् । जम्मा बजेटमा ११ हजार २ सय रुपैया फ्रिज गएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकवहादुर बुढथापाले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!